कोरोना भाइरस संक्रमण(कोभिड १९) का कारण काभ्रेका एक पत्रकारले ज्यान गुमाएका छन् । पत्रकार विष्णुप्रसाद चौलागाईँको कोरोनाको कारण निधन भएको हो ।
काभ्रे पोस्टका प्रधान सम्पादक रहेका चौलागाईंलाई गत असोज २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । पारिवारिक श्रोतका अनुसार २६ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका चौलागाईको पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो । तर, फेरि उच्च ज्वरो र फाेक्साेमा समस्या देखिएपछि उनलाई काठमाडौस्थित ओम अस्पताल भर्ना गरि उपचार भैरहेको थियो ।
उपचारकै क्रममा शुक्रवार बिहान उनको मृत्यु भएको परिवारिक श्राेतले जनाएको हो । ५१ वर्षिय प्रधान सम्पादक चौलागाईं ब्रोनक्राइटिसबाट समेत ग्रसित रहेका थिए ।