News Portal

  • दशैं मनाउन नेपाल आए सिकारी चरा

    ९२७ पटक

    काठमाडौं, १५ कार्तिक । दशैंको रन्को नेपालमा भर्खर सकिँदै छ । दशैंकै मेसो पारेर विभिन्न मुलुकबाट सिकारी चरा धमाधम नेपाल भित्रिएका छन् । अन्यत्र मुलुकमा जाडो उच्च हुँदै गएकाले यी पाहुना सिकारी चरा जाडो छल्न दशैँ वरपरमा नेपाल भित्रिन सुरु गरेका हुन् ।

    मांसाहारी प्रजातिका सिकार गरेर खाने चराहरू यसरी नेपाल आउने क्रम जारी रहेको वरिष्ठ चराविज्ञ डा तुलसी सुवेदीले जानकारी दिए । “उत्तरबाट दक्षिणतर्फ बसाइ सर्ने क्रममा सिकारी चरा नेपालमा कति आउँदैछन् भनेर गणनासमेत भइरहेको छ,” उनले भने ।

    सिकारी चरामध्ये चिल, गिद्ध र बाजहरू मुख्य गरी विदेशबाट यस समयमा नेपाल भित्रिने गर्छन् । एसिया महादेशको उत्तरी क्षेत्रमा पर्ने देशहरू मङ्गोलिया, चीन, रसियालगायतका देशबाट बसाइ सरेर सिकारी चरा नेपाल आउने गरेको चराविज्ञ सुवेदीले बताए । उहाँका अनुसार जाडो बढेपछि आफ्नो मुलुकमा सिकार खोज्नसमेत कठिन हुने भएकाले पनि सिकारी चरा सहजताका हिसाबले नेपाल आउँछन् ।

    प्रजातिगत रूपमा नेपालमा सबैभन्दा धेरै गोमायु महाचिल नेपाल आउँछन् । यिनीहरू पूर्वीदेखि पश्चिम तराईसम्म फैलिएर हिउँदमासमा सिकारमा सक्रिय रहन्छन् । कतिपय चिलहरू नेपाल हुँदै भारत र पाकिस्तानसम्म पनि पुग्ने गर्छन् ।

    अमुर बाज भने रसियाको पूर्वी भेगमा अण्डा कोरलेर बच्चा हुुर्काइ बच्चासहित बसाइ सरेर नेपाल आउँछन् । त्यस्तै चाँदचन्द्र चिल, तोप बाज, सानो बौँडाइ, इम्पेरल चिल, ग्रेटर स्पोटर चिल, सुनौलो चिल, वन बाज, तीन चार प्रजातिका भुईं चिललगायतका सिकारी चरा नेपाल आउने गरेका छन् ।

    नेपालमा यीसहित ३५ प्रजातिका सिकारी चरा बसाइ सरेर आएको अघिल्लो वर्षको अभिलेखमा उल्लेख छ । गत वर्ष भने २५ प्रजातिका मात्र सिकारी चरा नेपाल आएका थिए । नेपालमै विचरण गर्ने सिकारी चरा भने ६० प्रजातिका छन् । यिनीहरू दिनमा सक्रिय रहेर सिकार गर्न रमाउँछन् ।

    सिकारी चरा नेपाल आउने छेकेमा अक्टोबर ७ बाट सुरु भएको गणनाले यिनीहरूको बसाइ सराइको प्रवृत्ति पत्ता लगाउन सहज हुने सुवेदी बताउन्छन्। बसाइ सर्ने क्रममा देखिने परिवर्तनकै आधारमा सिकारी चराको सङ्ख्या घटबढ के भइरहेको छ भन्नेसमेत आकलन गर्न सकिन्छ ।

    चीन र मङ्गोलियाबाट गोमायु महाचिल मात्र नेपालमा हरेक वर्ष करिब आठ हजारको सङ्ख्यामा नेपाल आउने गरेका छन् । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...