News Portal

  • सात महिनादेखि बन्‍द विद्यालय आजदेखि खुल्दै

    ९९४ पटक

    वीरगन्ज, १७ कार्तिक । कोरोना महमारीका कारण ७ महिनादेखि बन्द रहेका वीरगन्ज महानगरका सामुदायिक विद्यालय सोमबारदेखि खुल्ने भएका छन् ।

    वीरगन्ज महानगरपालिकामा आइतबार बसेको सरोकारवालाको बैठकले ८, ९ र १० कक्षाको मात्रै पठनपाठन हुने गरी सामुदायिक विद्यालय सोमबारदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।

    नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर विद्यालय सन्चालन गर्ने निर्णय गरिएको नगर प्रमुख विजय सरावगीले जानकारी दिए ।

    कोरोना भाइरस संक्रमणको महामारीमा विद्यार्थीको स्वास्थ्य जोखिममा पर्ने भएकोले चैत ५ गतेदेखि नै देशभरका विद्यालय बन्द छन् ।

    नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय खोल्ने र यसको जिम्मेवार पक्ष स्थानीय सरकार हो भनेको छ ।

    महानगरमा रहेका निजी विद्यालय भने सरकारको निर्देशन विपरित र महानगरको अनुमति बेगर आफूखुशी गत बिहीबारदेखि सन्चालनमा आइसकेका छन् ।

    त्यसैले महानगरपालिकाले आइतबार सरोकारवालाको बैठक राखेर सामुदायिक विद्यालय पनि सोमबारदेखि सन्चालन गर्ने निर्णय गरेको हो ।

    विद्यार्थीको हात साबुनपानीले धुनका लागि महानगरपालिकाले प्रत्येक विद्यालयमा २ थानका दरले रेडिमेड वास बेसन जडान गरिदिने भएको छ। कक्षा ८ देखि १० सम्मको पठनपाठन हुने सामुदयिक विद्यालय महानगर क्षेत्रमा ३१ छन् ।

    सोमबारदेखि सन्चालनमा आउने विद्यालयको महानगरपालिकाले एक सातसम्म अनुगमन गर्ने र त्यसकै आधारमा कक्षा ६ र ७ को पनि पठनपाठन सुचारु गर्ने वा नगर्ने विषयमा आवश्यक निर्णय गरिने सरावगीले बताए ।

    कक्षा १ देखि ५ सम्मको पठनपाठन भने तत्काल सञ्चालन नहुने मेयर सरावगीको भनाइ छ । अन्नपूर्ण पोस्टबाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...