एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचनका लागि ९ करोड ६० लाख मानिसले मतदान गरेका छन्। कोरोना महामारीका बावजूद पनि अधिकांश राज्यमा मतदाताहरु निर्वाचनपूर्वको मतदानमा सहभागी भएका छन् ।
निर्वाचनपूर्वको मतदानमा हालसम्म सहभागीहरुको संख्या कूल मतदाताको ४३ प्रतिशत हो ।
१६ राज्यमा आधा मतदाताले मतदान गरिसकेको निर्वाचन अधिकारीहरुले जनाएका छन्। अधिकांश राज्यमा निर्वाचनपूर्वको मतदानले रेकर्ड बनाएको छ । यसअघिका निर्वाचनपूर्वका मतदानमा भन्दा यसपटक बढी मानिस मतदानमा सहभागी भएका छन् ।
शुक्रबारसम्म टेक्सास र हवाईमा सन् २०१६ मा झरेको मतभन्दा बढी मतदान भइसकेको छ भने वाशिङटन डीसी तथा अन्य ३५ राज्यमा सन् २०१६ मा झरेको कूल मतको आधा मतदान भइसकेको छ ।