News Portal

  • दु्रतमार्गसँगै मदन भण्डारी मार्ग बन्ने

    ७९९ पटक

    तस्वीर सौजन्यः गोरखापत्र दैनिक

    काठमाडौं, १८ कार्तिक । सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेश राजधानी हेटौडाबीच कम समय दूरीमा आवतजावत गर्न निर्माणाधीन काठमाडौँ–तराई÷मधेस द्रुत मार्गसँग मदन भण्डारी मार्गलाई जोड्न अध्ययन शुरू गरिएको छ ।

    मदन भण्डारी मार्गले राजधानीदेखि दक्षिणकाली, छैमले, सिस्नेरी, भीमफेदी हुँदै भैँसेलाई जोड्ने छ भने मदन भण्डारी राजमार्गले भने हेटौंडालाई धरान चतरासँग जोड्ने छ ।

    दु्रतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्ने योजनालाई मूर्तरूप दिने बागमती प्रदेश सरकारको प्रस्तावमा सङ्घीय सरकारद्वारा अध्ययन सुरु गरिएको छ । सङ्घीय सरकारले कार्यदल बनाएर नै अध्ययन शुरू गरेको हो । कार्यदलमा सङ्घीय अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, बागमती प्रदेश सरकारका प्रतिनिधि, नेपाली सेनाका प्रतिनिधि रहेका छन् । दु्रतमार्गको सो मार्ग जोडिएपछि काठमाडौँ र हेटाँैडा बीचको सडक दूरी करिब ५० किलोमिटर छोटिने बताइएको छ ।

    प्रदेश सरकारको प्रस्तावलाई प्राथमिकतामा राख्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा। पुष्पराज कँडेल, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलिया, प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले जोडिन सक्ने सम्भावित स्थान विन्दुबारे निरीक्षणसमेत गरिसकेका छन् । उनीहरूले कात्तिक १ गते निरीक्षण गरेका थिए । उपाध्यक्ष प्रा.डा. कँडेलले दु्रतमार्गमा मदन भण्डारी मार्गलाई जोडिन सक्ने ठाउँबारे अध्ययन भइरहेको जानकारी अध्ययनपछि ठाउँबारे टुङ्गो लाग्ने बताए ।

    प्रधानमन्त्री ओलीका विकास व्यवस्थापन विज्ञ थपलियाले निर्माणाधीन द्रुतमार्गसँग मदन भण्डारी मार्ग र भीमफेदी–कुलेखानी सुरुङमार्गलाई कसरी जोड्न सकिन्छ, प्राविधिक रूपले सम्भव छ÷छैन भन्नेबारे अहिले अध्ययन भइरहेको जानकारी दिनुभयो । उहाँले बागमती प्रदेश सरकारको यस प्रस्तावमा सङ्घीय सरकारको पूर्ण सहयोग रहने बताए ।

    प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री फुँयालले काठमाडौँ र हेटौँडा बीचको सडक दूरी छोट्याउने उद्देश्यसहित मकवानपुरको भीमफेदी गाउँपालिका–८ र इन्द्रसरोवर गाउँपालिका–३ को कोगटे दोभानमा निर्माणाधीन द्रुतमार्गसँग मदन भण्डारी मार्गको प्रवेश विन्दु र निष्कासन विन्दु जोड्न प्रदेश सरकारद्वारा सङ्घीय सरकारसँग प्रस्ताव गरिएको बताए ।

    प्रदेश सरकारको प्रस्तावमा सङ्घीय सरकार अत्यन्तै सकारात्मक रहेको पाइएको बताउँदै उहाँले यसका लागि अध्ययन भइरहेको जानकारी दिए ।

    नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले द्रुतमार्गसँग मदन भण्डारी मार्ग र भीमफेदी–हेटौँडा सुरुङलाई जोड्नेबारे अहिले कार्यदलद्वारा अध्ययन भइरहेकाले सोबारे अहिलेसम्म सरकारका तर्फबाट कुनै औपचारिक प्रस्ताव नआएको बताए । अध्ययन प्रतिवेदनसँगै यस विषयमा स्पष्ट हुनसक्ने प्रवक्ता पौडेलको भनाइ छ ।

    अहिले हेटौँडाबाट हिँडेको सवारी साधनलाई हेटौँडाबाट ७६ किलोमिटर नारायणघाट र त्यहाँबाट १५२ किलोमिटरको दूरी तय गर्नुपर्ने हुन्छ । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    प्रदुषण नियन्त्रणका उपाय खोज्न बृहत अन्तरक्रिया हुने, दुई घण्टा अभियानलाई संयोजनको जिम्मा

    वागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालसँग राष्ट्रका लागि दुई घण्टा अभियानका...

    मध्यपुर थिमि नगरपालिका अस्पताललाई १ अर्व २७ करोड सहयोग, नयाँ भवन शिलान्यास

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा दक्षिण कोरियाको सहयोगमा निर्माण हुने अस्पताल भवन शिलान्यास भएको छ ।...

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम...

    शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...