News Portal

  • कोरोना विरुद्धको खोप आउने बित्तिक्कै नेपालमा पनि ल्याइने, सरकारले थाल्यो तयारी

    १०७५ पटक

    काठमाडौं, २२ कार्तिक । नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) को खोप खरिद प्रक्रियाका लागि पहल थालेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लगायत सरकारका सरोकारवाला निकायको संयुक्त पहलमा कोभिड खोप खरिद प्रक्रिया थालेको हो ।

    परीक्षणमा सफल भएर विश्व स्वास्थ्य सङ्गठन ९डब्लूएचओ०को मान्यता पाएका जुनसुकै खोप छिट्टै नेपाल भित्र्याउन सरकार सक्रिय रहेको छ ।

    नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा। प्रदीप ज्ञवालीले कोभिड भ्याक्सिनको नेपालमा क्लिनिकल परीक्षण र खरिदका दुवै प्रक्रियामा नेपाल सरकार अघि बढेको छ भने ।

    अहिले विश्वका विभिन्न मुलुकले कोभिड–१९ विरुद्धको खोपको परीक्षण अन्तिम चरणमा पुर्‍याइसकेका छन् । “कुनै पनि मुलुकको परीक्षण झ्याप्प सफल भइहाल्यो भने त खोप किन्नुपर्ने हुन्छ, त्यसैले पनि सरकारले पहल थालेको हो,” ज्ञवालीले थपे ।

    उनले खोप खरिदको प्रक्रियासँगै क्लिनिकल परीक्षण पनि नेपालमा गर्नका लागि सँगसँगै पहल भइरहेको जानकारी दिए । डा। ज्ञवालीले खोप परीक्षण र खोप भित्र्याउने कार्यक्रम भने छुट्टाछुट्टै विषय हुन् भने ।

    खोप परीक्षणको विषय भनेको फरक रहेको भन्दै उनले परीक्षण भएकै खोप नेपालमा परिचालन हुन्छ भन्ने नरहेको बताए । यो चिकित्सा विज्ञानको एक प्रकारको नियमित गतिविधि भएकाले नेपालमा खोपको क्लिनिकल परीक्षण हुँदैमा डराउनुपर्ने विषय नरहेको उनले उल्लेख गरे ।

    तर नेपालमा पनि क्लिनिकल परीक्षण भएको खोप नै विश्वमा सफल भएको खण्डमा त्यो नेपाल भित्र्याउन सहज हुने उहाँको भनाइ छ । तथापि त्यो खोप नेपालमा नभित्रिएको अवस्थामा पनि क्लिनिकल परीक्षण भने जारी रहने विश्वास सम्बन्धित मुलुकका कम्पनी र सरकारलाई दिलाइएको उनले बताए ।

    यसअघि नेपालमा क्लिनिकल र सामुदायिक परीक्षणमा समेत खोपको परीक्षण गर्ने सवालमा पहल र बहस दुवै भएको थियो तर मानव समुदायमा खोपको परीक्षण गर्ने विषयमा विज्ञको मत बाझिएपछि त्यो प्रक्रिया नेपालमा नगर्ने निधो सरकारले गरेको थियो तर क्लिनिकल परीक्षणमा भने नेपाल विभिन्न मुलुकसँग साझेदारी गरेर अघि बढ्न भने विज्ञहरू सहमत भएका थिए ।

    परिषद्का अनुसार चीनको कम्पनी होङ्सी कम्पनीले उत्पादन गर्न लागेको खोपको क्लिनिकल परीक्षण नेपालमा हुने विषयमा पनि थप छलफल भइरहेको छ ।

    यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन् ।

    प्रतिकृया दिनुहोस्

    यस्तो होस् नयाँ शिक्षा विधेयक

    satya ram education bill in nepal

    देश नयाँ शिक्षा विधेयक निर्माणको संघारमा छ । शिक्षा विधेयकले देशको भविष्यलाई निर्धारण गर्दछ ।...

    आज पत्रकार महासंघ भक्तपुरको २८ औं स्थापना दिवस

    नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखा स्थापनाको २८ वर्ष पुगेको छ । २८ वर्ष अघि...

    भक्तपुरसहित उपत्यकामा एकाबिहानै ठूलो भूकम्प

    भक्तपुरसहित उपत्यकामा एकाबिहानै ठूलो भूकम्प गएको छ । मंगलबार बिहान ६:५०  बजेको समयमा ठूलो धक्क्का...

    ढुंगानाको अध्यक्षतामा प्रेस सेन्टर भक्तपुरमा १७ सदस्यीय कार्यसमिति

    प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति भक्तपुरले नयाँ नेतृत्व चयन गरेको छ । मदन ढुंगानाको...

    प्रेस सेन्टर चाँगुनारायणमा आकाशको अध्यक्षतामा ११ सदस्यीय समिति

    प्रेस सेन्टर नेपालको चाँगुनारायण नगरपालिका शाखाले दोश्रो अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले दोस्रो कार्यकालका...