News Portal

  • निजामती कर्मचारी राखेर रेल चलाउने तयारी

    ९६७ पटक

    काठमाडौं, २५ कार्तिक । गत असोज २ मा जयनगर–जनकपुर खण्डमा सञ्चालनका लागि तामझामसाथ भारतबाट ल्याइएका दुई वटा रेल सेट कर्मचारी नहुँदा अझै सञ्चालनमा आउन सकेका छैनन् । दसैंलगत्तै कर्मचारी भर्ना प्रक्रिया टुंग्याएर रेल चलाउने भनिएको थियो । तर कर्मचारी भर्ना प्रक्रियाको टुंगो छैन ।

    नेपाल रेलवे कम्पनीले भने कर्मचारी प्रक्रिया टुंगिए पनि कोभिड–१९ ले गर्दा बन्द रहेको बोर्डर नखुल्दासम्म रेल सञ्चालनमा नआउने बताएको छ । अहिले स्वीकृत दरबन्दी लोक सेवाबाट पूरा गर्नुपर्ने भएकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत कर्मचारी मागिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए ।

    ‘तत्काल रेल चलाउन आवश्यक कर्मचारी माग गर्दै मन्त्रालयमा चिठी पठाइसकेका छौं,’ उनले भने, ‘प्राविधिक, प्रशासनिकलगायत कर्मचारी के–कति चाहिने सबै कुरा चिठीमा उल्लेख गरिएको छ ।’ मन्त्रालयमा ७० जना कर्मचारी माग गरिएको छ । चिठी पठाएको एक साताभन्दा बढी भयो । ‘कतिपय निजामतीमा नभएका चाहिने पद पनि छन्, त्यस्ता पदका कर्मचारी संस्थागत करारमार्फत लिनेछौं,’ भट्टराईले भने, ‘यसका लागि सूचना नै निकालेर अघि बढ्नेछौं ।’

    लोक सेवाबाट कर्मचारी भर्ना नगर्दासम्म आवश्यक एक सय कर्मचारी संस्थागत करारमार्फत लिइने उनको भनाइ छ । ‘लोक सेवाबाट कर्मचारी लिन समय लाग्ने भएकाले यसरी कर्मचारी व्यवस्थापन गर्न खोजिएको हो,’ उनले भने ।

    रेल चलाउन आवश्यक २६ जना भारतीय प्रावधिक ल्याउनेबारे पनि तयारी भइरहेको छ । आगामी शुक्रबार ज्वाइन्ट वर्किङ ग्रुपको बैठक भारतीय टोलीसँग गर्ने कार्यक्रम रहेकाले उक्त बैठकबाट धेरै कुरा क्लियर हुने महाप्रबन्धक भट्टराईको भनाइ छ ।

    ‘मन्त्रालयबाट चाँडै कर्मचारी पाइयो भने रामनवमीबाट रेल चलाउने सोचमा छौं,’ उनले भने, ‘जसका लागि बोर्डर खुला हुनुपर्छ ।’ अहिले कोभिड–१९ को बढ्दो संक्रमणका कारण बोर्डर बन्द छ । बोर्डर नखुले रेल चलाउन नमिल्ने भट्टराईले बताए । नेपाल–भारत सीमा भएर रेल चल्ने भएकाले बोर्डर खुल्न आवश्यक छ । मन्त्रिपरिषद्बाट स्वीकृत दरबन्दीमा भने लोक सेवामार्फत नै कर्मचारी राखिनेछ । अहिले सबै अस्थायी रूपमा कर्मचारी राखिनेछ ।

    ‘लोक सेवाको प्रक्रिया लामो हुने भएकै कारण मन्त्रालयबाट काजमा कर्मचारी ल्याउन खोजिएको हो,’ उनले भने, ‘नियमित प्रक्रियामार्फत कर्मचारी भर्ना भएपछि निजमातीबाट ल्याइएका कर्मचारी फिर्ता गरिनेछ ।’ मन्त्री र सचिव तहमा यसबारे छलफल भएको र कति कर्मचारी आवश्यक छन् भन्ने कुरा लिखित रूपमै प्रस्ट पारिसकिएको उनले सुनाए । गत भदौ २९ मा १ सय २९ कर्मचारीका लागि कम्पनीले विज्ञापन गरेको थियो । जसका लागि ३२ हजारले आवेदन दिएका थिए । यसको छिनोफानो लोक सेवामार्फत हुने महाप्रबन्धक भट्टराईले जानकारी दिए । प्राविधिक कर्मचारीका लागि इन्डियन रेलवेजसँग कुरा भइरहेको उनको भनाइ छ ।
    यो समाचार आजको कान्तिपुर दैनिकमा विमल खतिवडाले लेखेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...