News Portal

  • जो बाइडेन निर्वाचित जर्जियामा पुनः मतगणना

    १३३६ पटक

    बीबीसी । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा झिनो मत अन्तरका साथ जो बाइडन निर्वाचित भएको जर्जियामा हातैले पुनः मत गणना गरिने भएको छ । सो राज्यमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र राष्ट्रपतिमा निर्वाचित बाइडेनबीच करिब १४ हजार मतको अन्तर छ । निकै कडा प्रतिस्पर्धा देखिएका कारण सो राज्यले गत हप्ता नै पुनः मतगणना गरिने जानकारी गराएको थियो ।

    हातले नै मत गन्न अनुरोध गरेको ट्रम्पको चुनावी अभियान सञ्चालन गरेको टोलीले यसलाई महत्त्वपूर्ण पहिलो कदम भएको बताएको छ । रिपब्लिकन पार्टीका तर्फबाट जर्जियामा चुनावी अभियानको नेतृत्व गरिरहेका डग कोलिन्सले सञ्चारकर्मीहरूसँगको प्रतिक्रियामा यो निष्ठा र पारदर्शिताको जीत भएको बताएका छन् ।

    अभियानका कानुनी परामर्शदाता स्टेफन पासान्टीओले प्रत्येक भोटको जाँच गरिने बताएका छन् । उनले आफूले त्यो ‘गहन’ मतगणना राज्यले तोकेको अन्तिम मिति २० नोभेम्बरसम्ममा सकिने विश्वास व्यक्त गरेका छन् । पुनः मतगणना गर्ने विषयमा प्रत्येक राज्यको आफ्नै नियम हुन्छ । तर सामान्य रूपमा भने भोटलाई पुनः मिलान र स्क्यान गरिन्छ । केही स्थानमा विद्युतीय उपकरणको वैधता सुनिश्चित गर्नका लागि निश्चित सङ्ख्यामा भोटहरू सधैँ हातबाटै गन्ने गरिन्छ ।

    तर दोहोर्‍याएर गरिएका मत गणनाले खासै परिवर्तन भने ल्याएको पाइँदैन । जर्जियामा पुनः मतगणनामा बाइडेन पराजित भएपनि उनीसँग राष्ट्रपति बन्न आवश्यक २७० भन्दा बढी इलेक्टोरल मत हुने छ । जर्जियाले निर्वाचनको नतिजा प्रमाणीकरण गर्ने म्याद अनुसार २० नोभेम्बरभित्रै आफ्नो कार्य सक्काउनुपर्ने हुन्छ ।

    यसअघि ट्रम्पको टोलीले विस्कन्सिन राज्यमा पनि पुनः मतगणनाको माग गर्ने बताएको थियो । कोलम्बिया युनिभर्सिटी ल स्कुलका प्राध्यापक रिचर्ड ब्रिफ्ल्टले सन् २०१६ मा पनि विस्कन्सिनमा दोहोर्‍याएर मत गणना गरिएको र त्यसले केही सय भोटमा फरक पारेको बताएका छन् । राष्ट्रपति ट्रम्पले निर्वाचनमा हार अस्वीकार गर्दै कानुनी लडाइँ लड्ने बताइरहेका छन् ।

    अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडनले डोनाल्ड ट्रम्पले आफूले राष्ट्रपतीय निर्वाचनमा हार व्येहोरेको स्वीकार नगर्नुले ‘राष्ट्रपतिको बिरासतलाई सहयोग नगर्ने’ बताएका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...