News Portal

  • अमेरिकामा आगामी डिसेम्बरदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने

    ११५६ पटक

    एजेन्सी । अमेरिकी नागरिकले आगामी डिसेम्बर ११ देखि कोभिड–१९ खोप पाउने भएका छन् । कोरोना भाइरसविरुद्धको खोप कार्यक्रमका प्रमुख डा.मोन्सेफ सलोईले खोपको स्वीकृति प्राप्त गरेको २४ घण्टाभित्र यसलाई खोप केन्द्रमा पु¥याउने योजना बनाएको बताए ।

    कोरोना भाइरसले अमेरिका विश्वमै सबैभन्दा बढी प्रभावित मुलुक हो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा हालसम्म १ करोड २२ लाख १९ हजार २ सय ९ जना संक्रमित भएका छन् भने २ लाख ५६ हजार ७ सय २३ जनाको मृत्यु भइसकेको छ। सबैभन्दा बढी प्रभावित राज्य न्युयोर्कमा ३४ हजार ३ सय १९ जनाको मृत्यु भएको छ ।

    औषधि कम्पनी फाइजर र यसको सहयोगी कम्पनी बायोएनटेकले शुक्रबार कोभिड–१९ को खोपलाई अमेरिकामा आपतकालीन स्वीकृतिका लागि आवेदन दिइसकेको छ। कम्पनीका अनुसार यो खोप ६५ वर्षभन्दा बढी उमेरका मानिसमा ९४ प्रतिशत प्रभावकारी देखिएको छ ।

    फाइजरका अनुसार सन् २०२० मा ५ करोड र २०२१ मा १.३ अर्ब डोज खोप उत्पादन गर्नेछ । प्रत्येक व्यक्तिलाई खोप दिइनेछ ।

    खोपलाई स्वीकृति दिन अमेरिकी खाद्य एवं औषधि प्रशासन (एफडीए) को भ्याक्सिन सल्लाहकार समितिको बैठक १० डिसेम्बरमा बस्दैछ। डा. सलोईले स्वीकृति पाएलगत्तै ११ या १२ डिसेम्बरबाटै खोप दिन सुरु गरिने बताए ।

    खोप प्रत्येक राज्यको जनसंख्याको आधारमा वितरण गरिनेछ । पहिले कसलाई दिने भन्ने तय भने राज्यले गर्ने जाइएको छ । तर सबैभन्दा पहिले फ्रन्टलाइनमा काम गर्ने र वृद्धहरुलाई दिइनेछ। उनले आगामी वर्षको मेसम्म ७० प्रतिशतलाई खोप दिने योजना रहेको बताए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...