News Portal

  • किसान र कर्मचारीकाे समस्या लिएर नेमकिपाका नेताहरु सिंहदरवारमा

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, ८ मङ्सिर
    १०५७ पटक
    भक्तपुर, ८ मङ्सिर

    नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवाल त्यसैगरी उक्त पार्टीका केन्द्रीय सदस्य समेत रहेका भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति र वडा नम्बर २ का वडाध्यक्ष नेमकिपाका नेता हरिप्रसाद बासुकलाले आइतवार संघीय सरकारका दुई मन्त्रीलाई भेटेका छन् ।

    आइतवार उनीहरुले सरकारका स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाललाई भेटेका हुन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भक्तपुर क्यान्सर अस्पतालको समस्या समाधानका लागि उनीहरुले आग्रह गरेका थिए भने कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाललाई भेटी किसानलाई सहज रुपमा रासायनिक मल उपलब्ध गराउन आग्रह गरिएको बताइएको छ ।

    भक्तपुर क्यान्सर अस्पताललाई सरकारले चलाउने गरी बनाएको कार्यविधिमा कर्मचारीको सेवा सुविधाबारे अस्पष्टता भएको भन्दै टोलीले ध्यानाकर्षण गराएको नगर प्रमुखकी प्रेस संयोजक कीर्तिका प्रजापतिले जनाएकी छन् ।

    उनका अनुसार २०–२२ वर्षदेखि अस्पतालमा कार्यरत रही स्थायी अस्थायी कर्मचारी तथा करार सेवामा कार्यरत कर्मचारीहरुलाई कार्यविधिमा समितिले करारमा नियुक्ति गर्ने भनिएको हुँदा त्यसलाई हटाइ कार्यरत कर्मचारीहरुले विगतमा खाइपाइ आएको सुविधामा नघट्ने गरी समितिले निरन्तरता दिनु पर्नेतर्फ मन्त्री ढकालको सांसद सुवालले ध्यानाकर्षण गराएका छन् ।

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले क्यान्सर अस्पतालमा कार्यरत कर्मचारीहरुमध्ये आधाजसो स्थायी भैसकेको हुँदा ती कर्मचारीहरुलाई कुनै किसिमको समस्या नहुने गरी अस्पताल संचालनको लागि उचित वातावरण बनाउन मन्त्री ढकाललाई आग्रह गरेका थिए ।

    उक्त अवसरमा स्वास्थ्यमन्त्री ढकालले गठन आदेशबाट कर्मचारीलाई अप्ठेरो हुन गएको भए छलफल गरी खाइपाई आएको सुविधालाई असर नपर्ने गरी व्यवस्थापन गर्न आफु सकारात्मक भएको बताएका थिए ।

    त्यसैगरी अर्का मन्त्री घनश्याम भुसालसँगको भेटमा सांसद सुवालले रासायनिक मल उपलब्ध गराउन कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कम्पनी लि.मा समेत ध्यानाकर्षण गराएको जानकारी दिंदै मन्त्रालयले जिल्लागत मलको कोटा तोकेर मल पठाउनु उचित नभएको अवगत गाराएका थिए ।” स्थानीय आवश्यकता अनुसार मलको व्यवस्था गर्नुपर्यो ।” मन्त्री भुसाललाई उनले सुझाव दिए ।

    यस वर्ष कोभिड–१९ का कारण भक्तपुर जिल्लामा रहेका ७५ वटा इट्टाभट्टाहरु सञ्चालन नहुने र त्यसो हुँदा विगतको तुलनामा थप ४० हजार रोपनीे जग्गामा गहुँ छर्ने र आलु रोप्न किसानहरुलाई आवश्यक मलको व्यवस्था गर्नु पर्ने उनले अवगत गराएका थिए ।

    त्यसैगरी भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले यस वर्ष आवश्यक भन्दा कम मल आपूर्ति भएकोले किसानलाई मार्क परेको स्मरण गराउदै मलको ठेक्का कबुल गरी आपूर्ति नगर्ने ठेकेदारहर बाट सोको क्षतीपुर्ती भराउनुपर्ने बताए । ” धरौती जफत गरेर मात्रै हुँदैन, उनीहरुको कारण भएको नोक्सानीको क्षतिपूर्ति भराउनुपर्छ । ” मेयर प्रजापतिले भने ।

    कृषिमा राम्रो विकास गर्न नसक्नुकै कारण रोजगारीको निम्ति युवाहरु विदेशिन बाध्य भएको भन्दै मेयर प्रजापतिले स्वदेशमै रासायनिक मल उत्पादन गर्न कारखाहना खोल्ने सराकरी निर्णयको स्वागत गरेका थिए ।

    उक्त अवसरमा मन्त्री भुसालले रासायनिक मलको प्रयोग कृषिमा मात्र नभइ अन्य विभिन्न काममा समेत प्रयोग हुने गरेको पाइएको बताउदै यसले कालाबजारी बढाएको र आफूले कालाबजारी नियन्त्रणको लागि सफ्टवेयरको व्यवस्था गरेको बताए । उनले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन लक्ष्य बनाई मलको समस्या समाधान गर्नेतर्फ पहल भैरहेको जानकारी दिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...