News Portal

  • ट्रम्पको कानुनी चुनौती पेन्सिल्भेनिया अदालतद्वारा खारेज

    १२२८ पटक

    एजेन्सी । अमेरिकी राज्य पेन्सिल्भेनियाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पका तर्फबाट दायर निर्वाचनसँग सम्बन्धित निवेदन शनिबार खारेज गरिदिएको छ । निर्वाचन नतिजा उल्ट्याउने मनसाय राख्दै दायर निवेदनमा पर्याप्त प्रमाण नपुगेको भन्दै अदालतले निवेदन खारेज गरेको हो ।

    उक्त निवेदन खारेज भएसँगै राष्ट्रपति ट्रम्पको निर्वाचनमा धाँधली भयो भन्ने तर्कमा अर्को धक्का लागेको छ । रिपब्लीकन पार्टीका तर्फबाट दिइएको निवेदनमा हुलाकबाट गरिएको मतदानलाई खारेज गर्न माग गरिएको थियो । पेन्सिल्भेनिया राज्यमा राष्ट्रपति–निर्वाचित जो बाइडेनले ८१ हजार मतको अग्रता सहित चुनाव जितेका थिए । तर अदालतका न्यायाधीशहरुले सर्वसम्मतिले राष्ट्रपति ट्रम्प र रिपब्लीकन पार्टीले दिएका निवेदन खारेज गरेका थिए । पेन्सिल्भेनिया राज्यमा करिब ६९ लाख मतदाताले मतदान गरेका थिए । निवेदनमा पेन्सिल्भेनिया राज्यको सन् २०१९ को कानुनले हुलाकबाट भएको मतदानलाई गैरसंवैधानिक मानेको उल्लेख गरिएको छ ।

    पेन्सिल्भेनिया राज्यले गत नोभेम्बर २४ मै औपचारिक रुपमा बाइडेन विजयी हुनु भएको जनाउँदै मतपरिणामलाई प्रमाणित गरिसकेको छ । राष्ट्रपति ट्रम्पले गत नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा व्यापक धाँधली भएको जनाउँदै चुनावी परिणामलाई स्वीकार्न मानिरहनु भएको छैन । उनले चुनावमा धाँधली भएकै हो भन्दै दिनहुँ ट्वीट गर्नुका साथै पेन्सिल्भेनियामा बाइडेन विजयी भएको मान्न सकिने अवस्था नरहेको जनाउँदै अनौठा ट्वीट गरेका छन् ।

    तर गत बिहीबार पहिलो पटक राष्ट्रपति ट्रम्पले आगामी डिसेम्बर १४ मा इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) हरुले बाइडेनलाई निर्वाचित गराए आफू ह्वाइट हाउस छाड्न तयार हुने बताएका छन् । आगामी जनवरी २० मा राष्ट्रपतिको शपथ लिनु हुने बाइडेनले ३०६ र राष्ट्रपति ट्रम्पले २३२ इलेक्टोरल मत प्राप्त गरेका छन् । राष्ट्रपति निर्वाचित हुन २७० इलेक्टोरल मत आवश्यक पर्दछ ।

    प्रतिकृया दिनुहोस्

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...

    सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...

    चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति

    नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...

    नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ

    नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...

    समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्

    नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...