News Portal

  • छेन्दुका लागि महावाणिज्य दूत हुँदै कटुन्जेका घिमिरे

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ मङ्सिर
    ३४११ पटक
    dinesh kumar ghimireभक्तपुर, १९ मङ्सिर

    चीनको सिचुवान प्रान्तस्थित व्यापारिक शहर छेन्दुका लागि नेपाली महावाणिज्य दूतमा निजामति सेवाका बरिष्ठ सहसचिव दिनेश कुमार घिमिरेको नाम सिफारिस गरिएको छ । परराष्ट्र मन्त्रालयले छेन्दुका लागि नेपाली महावाणिज्य दूतमा घिमिरेलाई योग्य देखेपछि उनको नाम मन्त्रीपरिषदमा पठाएको हो ।

    परराष्ट्रको आग्रहमा सामान्य प्रशासन मन्त्रालयले घिमिरेको नाम मन्त्रिपरिषदमा पठाएको श्रोतले पुष्टि गरेको छ । अब बस्ने मन्त्रीपरिषद बैठकले छेन्दुका लागि नेपाली महावाणिज्य दूतमा घिमिरेलाई नियुक्त गर्ने बताइएको छ ।

    घिमिरे लामो समय देखि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा कार्यरत रहेका छन् । झापा स्थायी घर भएका घिमिरे प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र हुन् । ओली प्रधानमन्त्री भएदेखि नै उनले प्रधानमन्त्री कार्यालय छाडेका छैनन् । लोप्रोफ़ाइलमा रहेर हाइ रिजल्ट दिन रुचाउने घिमिरे निर्वाचनका बेला निर्वाचन आयोगमा रहेका थिए । त्यस अघि उद्योग मन्त्रालयमा रहेर कामको अनुभव संगालेका घिमिरेले सर्लाही, स्याङ्जा लगायत जिल्लामा सिडिओ भएर पनि आफ्नो प्रशासनिक योग्यताको परिचय दिईसकेका छन् ।

    भक्तपुरको कटुन्जे मनाेरम बस्तीमा बसोबास गर्दै आएका घिमिरे शान्त स्वभाव र मिलनसार व्यवहारका कारण लोकप्रिय छन् । उनी बौद्धिक एवं क्षमतावान सहसचिव हुन् । छिमेकी राष्ट्र चीनको सिचुवान प्रान्तस्थित व्यापारिक शहर छेन्दुको महाबाणिज्यदूतलाई महत्वका साथ् हेर्ने गरिन्छ ।  सिचुवान प्रान्त र नेपालको लुम्बिनी प्रदेशबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारी समेत भइसकेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...