News Portal

  • मध्यरातमा भएको कौसलटार दुर्घटना अपडेट : युवतीको मृत्यु, चालक सम्पर्कमा

    मध्यरातमा भएको कौसलटार दुर्घटना अपडेट : युवतीको मृत्यु, चालक सम्पर्कमा

    राजेशमान मानन्धर / भक्तपुरपोस्ट भक्तपुर, २१ मङ्सिर
    २६२३ पटक
    भक्तपुर, २१ मङ्सिर

    मध्यरातको समयमा कौशलटार स्थित सडकमा कार दुर्घटना हुँदा एक युवतीको ज्यान गएको छ । भक्तपुरबाट काठमाण्डौ तर्फ जादै गरेको कार प्रबिन पेट्रोल पम्प नजिक राती करिब साढे १२ बजे दुर्घटना हुँदा उनको ज्यान गएको हो ।

    ज्यान गुमाउनेमा  धुमबराहीकी ३० वर्षिया रिया  श्रेष्ठ रहेकी छन् ।   महानगरीय प्रहरी कार्यालय रानीपोखरी, काठमाण्डौबाट दुर्घटनाको खबर पाएपछि भक्तपुर प्रहरी उद्धारका लागि पुगेको थियो । तर, श्रेष्ठले घटनास्थलमै ज्यान गुमाइसकेकी थिइन् । अचेत अवस्थामा उनलाई उद्धार गरि मध्यपुर अस्पताल पुर्याउदा चिकित्सकले मृत्यु भैसकेको पुष्टि गरेका थिए ।

    प्रहरीका अनुसार दुर्घटनाग्रस्त कारका चालक सहित ३ जनाको अवस्था सामान्य छ । बिहान मात्र सम्पर्कमा आएका चालक रन्जित कार्कीका अनुसार अन्यको अवस्था थाहा भएको हो । दुर्घटनापछि चालकसमेत फरार थिए । चालक कार्कीले उक्त दुर्घटनामा परेको बा  ८ च. ४७५६ नं को कार उनैले चलाएका जिकिर गरेका छन् । कार्कीका अनुसार अनियन्त्रित भई सडक विचको फलामको रेलिङहरुमा ठक्कर खादा कार दुर्घटना भएको हो । काठमाडौ जान हिडेको कार भक्तपुर आउने लेनमा पल्टिई दुर्घटना भएको अवस्थामा प्रहरीले  फेला पारेको डिएसपी दिपक गिरीले जानकारी दिए ।

    दुर्घटनामा परेका अन्यको विवरण यस प्रकार छ :

    मध्यपुर ठिमी न.पा. १ लोकन्थली बस्ने बर्ष २६ को रञ्जित कार्की (चालक – अवस्था सामान्य) ।
    मध्यपुर ठिमी न.पा. ५ राधेराधे बस्ने बर्ष २६ को विजय देउजा (सामान्य चोटपटक) ।
    सूर्यविनायक न.पा. ४ गाम्चा बस्ने बर्ष २७ को सुदिप थापा (सामान्य) ।

    दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...