News Portal

  • प्रदेश सांसद प्रतिमा श्रेष्ठ र नेता डिपी ढकालको पहलमा सरस्वती माविले पायो स्कूल बस

    भक्तपुरपोस्ट संवाददाता चाँगुनारायण, २७ मङ्सिर
    १७४९ पटक
    चाँगुनारायण, २७ मङ्सिर

    चाँगुनारायण नगरपालिकाको वडा नम्बर ८ थाकलमाथस्थित श्री सरस्वती माध्यमिक विद्यालयले विद्यालय प्रयोजनका लागि बस प्राप्त गरेको छ । बागमती प्रदेश सरकारबाट प्राप्त स्कूल बसको शुक्रवार उद्घाटन समेत सम्पन्न गरिएको छ ।

    प्रदेश सांसद एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की जिल्ला नेत्री प्रतिमा श्रेष्ठ, उक्त पार्टीका जिल्ला सचिव डिपी ढकाल, वडाध्यक्ष परासर सापकोटा लगायतले उक्त स्कूल बसको शुक्रवार एक कार्यक्रमका बीच औपचारिक उद्घाटन गरेका हुन् ।

    स्कूल बसको उद्घाटन गर्दै प्रमुख अतिथि सांसद प्रतिमा श्रेष्ठले शिक्षालाई समग्र विकास र समृद्धिको जगको रुपमा स्वीकार गर्दै बागमती प्रदेश सरकारले शिक्षाको विकासमा जोड दिएको जानकारी गराइन् । सांसद श्रेष्ठले एसइइमा सत प्रतिसत राम्रो नतिजा दिन सफल सरस्वती माविको शैक्षिक प्रगतीप्रति सन्तोष व्यक्त गर्दै स्कूल बसले यसको भौतिक आवस्यकता समेत केहि हद सम्म पूरा हुने विश्वास व्यक्त गरिन् ।

    विगतमा न्यून विद्यार्थी रहेका र शैक्षिक गुणस्तर समेत राम्रो नभएको विद्यालयले प्रधानाध्यापक इन्द्रमणि गिरीको नेतृत्व पाएसंगै पाँच वर्षमै नगरपालिकाकै उत्कृष्ट विद्यालय बन्न सफल भएको भन्दै सांसद श्रेष्ठले अन्य विद्यालयले समेत सरस्वती माविबाट सिक्नुपर्ने आवश्यकता औल्याइन् ।

    स्कूल बस उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बिशेष अतिथि सत्तारुढ नेकपाका जिल्ला सचिव डिपी ढकालले शिक्षा विना समृद्धि सम्भव नहुने भन्दै सरकारले सुखी नेपाली र समृद्ध नेपालको सपना साकार पार्न शिक्षामा लगानी बढाउनुपर्ने बताए । सामुदायिक विद्यालयहरुको निजी विद्यालयसंग तुलना हुन नसक्ने भन्दै उनले सामुदायिक विद्यालयले निजीसंग नभई निजी विद्यालयले सामुदायिक विद्यालयसंग प्रतिस्पर्धा गर्नुपर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।

    विद्यार्थी राजनीतिबाट आएका बौद्धिक नेता ढकालले शिक्षामा सबैको सामुहिक योगदानको आवश्यकता औल्याएका छन् । शिक्षामा गरिएको लगानी दीर्घकालीन हुने भन्दै नेता ढकालले यसको प्रतिफल देशले पछिसम्म प्राप्त गरिरहने प्रष्ट पारे । सरस्वती माध्यमिक विद्यालय जनताको विद्यालय भएकोले जनस्तरबाट विद्यालयलाई निरन्तर सहयोग र उत्प्रेरणा प्रदान गर्नुपर्ने र सबै तहका सरकारले सहयोग र समन्वयमा कन्जुस्याई गर्नु नहुने उनको भनाइ छ ।

    उक्त अवसरमा वडाध्यक्ष परासर सापकाेटा, नगरपालिकाका शिक्षा प्रमुख वीरबहादुर खड्का लगायतले सरस्वती माविको शैक्षिक प्रगतीको प्रशंसा गर्दै आवश्यक थप सहयोग र समन्वयका लागि नगरपालिकाको तर्फबाट प्रतिवद्धता प्रकट गरेका थिए ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न स्कूल बस उद्घाटन कार्यक्रममा प्रधानाध्यापक इन्द्रमणि गिरीले विद्यालयको भौतिक र शैक्षिक अवस्थाबारे जानकारी गराएका थिए ।

    विस. २०१७ सालमा स्थापित श्री सरस्वती मावि पाँच वर्ष अघिसम्म विद्यार्थीको रोजाइमा पर्न सकेको थिएन । करिब १ सयको हाराहारीमा विद्यार्थी रहेका उक्त विद्यालयले पाँच वर्ष अघि प्रधानाध्यापकको रुपमा इन्द्रमणि गिरीलाई प्राप्त गरेपछि विद्यालयले शैक्षिक र भौतिक प्रगती हासिल गर्न सफल भएको देखिन्छ । अहिले विद्यालयमा ४ सय बढी विद्यार्थी अध्ययनरत छन् भने उनीहरु काभ्रेदेखि समेत पढ्न आएका पाइन्छ । चाँगुनारायण नगरपालिकाकै उत्कृष्ट विद्यालयको रुपमा रहेको यो विद्यालय विद्यालय बस प्राप्त गर्ने पहिलो विद्यालय समेत बन्न पुगेको छ ।

    विद्यालय बस प्राप्त भएपछि विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरु फुरुंग भएका छन् । बसले विद्यालयमा विद्यार्थीको पहुँचलाई बढाएको र प्रदेश सरकारको आखाँमा पर्न सफल भएको हुँदा आफूहरुको आत्मसम्मान समेत बढेको शिक्षक टिकाराम पाण्डे बताउँछन् ।

    प्रदेश सांसद प्रतिमा श्रेष्ठ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला सचिव डिपी ढकालको पहल र मेयर सोमप्रसाद मिश्र तथा वडाध्यक्षकाे समन्वयमा विद्यालयले करिब पच्चीस लाख मूल्यको विद्यालय बस प्राप्त गरेको विद्यालयका प्राधानाध्यापक इन्द्रमणी गिरीले बताए । गिरीका अनुसार प्रदेश सांसद श्रेष्ठ र नेता ढकालले निरन्तर ताकेता गरेपछि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मार्फत बस प्राप्त गर्न सफलता मिलेको हो ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...