News Portal

  • ओलीलाई निष्कासन गर्दै नेकपाको अध्यक्षमा नेपाल

    भक्तपुर, ७ पुस
    ४६५ पटक
    भक्तपुर, ७ पुस

    नेपाल कम्युनिष्ट पार्टी(नेकपा) औपचारिक रुपमा विभाजन भएको छ । पार्टीका अध्यक्ष केपी ओलीले संसद विघटन गरेपछि अझै चुलिएको विवाद अन्ततः अलग अलग केन्द्रीय समिति बनाउदै अलग्गिएको हो । यसैबीच नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको पक्षमा रहेका केन्द्रीय सदस्यहरुको बैठकले केपी ओलीलाई कारवाही गरेको छ ।

    बबरमहलमा बसेको बहुमत केन्द्रीय सदस्यहरुको बैठकले केपी ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको हो । बैठकले ओलीलाई पार्टी, संगठन, संविधान र देशको हित विपरित कार्य गरेको आरोपमा पदबाट हटाएको हो। ओलीलाई हटाएर वरिष्ठ नेता माधवकुमार नेपाललाई नयाँ अध्यक्ष चयन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा बैठकले नेपाललाई अध्यक्ष पदमा चयन गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिएका छन् । यससँगै यो समूहमा अब प्रचण्ड र माधव नेपाल दुबै जना अध्यक्ष बन्ने भएका छन् ।

    दाहाल नेपाल समूहको बैठकमा ३१५ जना केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको बताइएको छ । नेकपाको ४४६ सदस्यीय केन्द्रीय समितिमा हाल ४४१ सदस्य कायम छन् ।

    यसैबीच नेकपाका प्रचण्डले नयाँ अध्यक्ष घोषणा गरिएका माधव नेपाल र आफू दुईजनाले अब पार्टीलाई एकताबद्ध बनाएर लैजाने बताएका छन्। उनले पार्टीको विधानको मर्म अनुसार नै बैठक आलोपालो अध्यक्षता गर्ने बताएका छन्। नेपाललाई नयाँ अध्यक्ष चयन गरेपछि प्रचण्डले सो प्रतिक्रिया जनाएका हुन्।

    बैठक आलोपालो गर्ने लगायतका विधानका प्रावधानअनुसार केपी ओलीले काम नगरेका कारण समस्या सिर्जना भएको तर अब नेपाल र आफूबीच त्यस्तो समस्या नहुने उनले बताएका छन्।

    प्रचण्डले केपी ओलीले दावी गरे अनुसार संसद विघटन नभएको बरु ओली नेतृत्वको सरकारमात्र भंग भएको दावी पनि गरेका छन् ।

    पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समूहले एकतर्फी रुपमा पार्टी केन्द्रीय समिति समेत विघटन गर्दै महाधिवेशन आयोजक कमिटि घोषणा गरेको छ ।

    आज बिहान बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय समितिको बैठकले ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी बनाएको हो ।

    नेकपामा अहिले ४४६ जनाको केन्द्रीय कमिटी छ । त्यसमा तत्काल ५५६ जना थप गर्ने र बाँकी १९७ थप गर्न सक्नेगरी ओलीले केन्द्रीय कमिटी घोषणा गरेका हुन् ।

    पछिल्लो समय अध्यक्ष तथा प्रधानमन्त्री ओली आक्रामक रुपमा अघि बढेका छन् । केही दिन अघि संवैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याएका ओलीले त्यस लगत्तै संघीय प्रतिनिधि सभा विघटन गरेका थिए । त्यसपछि आजै एकतर्फी रुपमा आफू पक्षका केन्द्रीय सदस्यहरुलाई मात्र बोलाएर केन्द्रीय समिति विघटन गरेका छन र महाधिवेशन आयोजक समिति गठन गरेका छन् । ओलीले अब पूर्व एमाले नै ब्यूताउने प्रतिक्रिया पनि दिइसकेका छन् ।

    ओली समूहले आफू पक्षीय केन्द्रीय समितिको नामावली समेत निर्वाचन आयोगलाई बुझाएको छ । देशभरका कार्यकर्ताहरुलाई केन्द्रीय समितिमा राखेर ओली समूहले थप गरिएका केन्द्रीय सदस्यहरुको नाम भरेर नामावली बुझाएको हो ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...