News Portal

  • राति ढकढक आवाज सुन्दा श्रीमान् नै आउनुभयो कि भन्ने हुन्छः द्वन्द पीडित एकल महिला

    रासस
    ११७८ पटक

    काठमाडौं, ९ पुस ।  द्वन्द्व प्रभावित एकल महिलाले व्यवस्था बदलिए पनि अवस्थामा परिवर्तन हुन नसकेको बताएका छन् । मानवअधिकारका लागि महिला, एकल महिला समूह गण्डकी प्रदेशले बुधबार (हिजो) आयोजना गरेको सङ्क्रमणकालीन न्यायका लागि द्वन्द्व प्रभावित महिलाको पहुँच विषयक प्रदेशस्तरीय गोष्ठीमा सहभागी महिलाले न्याय पाउन नसकेको गुनासो राखेका छन ।

    बागलुङकी द्वन्द्वपीडित जशोदा शर्माले विसं २०५८ मा बेपत्ता भएका श्रीमान्को बाटो हेर्दाहेर्दैै १९ वर्ष बिताएका भोगाइ पोखिन। “राति कतै ढकढक आवाज सुन्दा पनि श्रीमान् नै आउनुभयो कि भन्ने हुन्छ, बेखबर श्रीमान्को सम्झनामा १९ वर्ष बित्यो, यथार्थ कहिले आउँछ रु भोग्नेको पीडा सुन्नेले अनुभूति गर्न सक्लान र रु” उनले बेपत्ता परिवारको समस्याका लागि जुनै आयोग बने पनि पीडितलाई न्याय दिन नसकेको गुनासो गरेकि छिन ।

    नवलपुरकी द्वन्द्वपीडित एकल महिला अमृृता सिग्देलले सत्य निरुपण आयोगले पीडितका आवाज सुन्न नसकेको बताएकि छिन। नामका लागि गठन हुने र सेवा सुविधामा मात्र लिने आयोगले पीडितको पक्षमा काम गर्न नसक्ने उनको जिकिर थियो ।

    पर्वतकी द्वन्द्वपीडित एकल महिला मनरुपा शर्मा विसं २०६१ मा श्रीमान् मारिएको पीडा सुनाउँदै न्याय नपाएसम्म शान्तिको अनुभूति हुन नसकेको गुनासो गरिन । उनले मानवअधिकार उल्लङ्घनका कुरा उठाउँदा शान्ति प्रक्रिया भत्किन्छ भन्ने मानसिकताले द्वन्द्वपीडितले न्याय नपाएको बताइन ।

    कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले विगतको तुलनामा महिला सशक्त हुँदै अधिकारका लागि एकताबद्ध हुन थालेको जानकारी दिए । “हिजोभन्दा आज महिला एकताबद्ध भएर अधिकारका लागि आवाज उठाउनुभएको छ । अब आउने दिनमा अझै सशक्त हुनुहोस् ।” उनले भने । महिलालाई राज्यले बिनाधितो १५ लाख ऋण सस्तो ब्याजमा दिएको उनले जानकारी दिँदै उद्यमशीलताको बाटोमा महिला आउने सके हिंसा र विभेदको अन्त्य हुँदै जाने बताएका छन ।

    कार्यक्रममा सङ्कल्पका निर्वतमान क्षेत्रीय संयोजक दुर्गा न्यौपानले एकल महिलाले रातो लगाउँदा झस्किने समाज अहिले परिवर्तनउन्मुख हुँदै गएको धारणा राखेकि छिन । उनले समातामूलक र न्यायिक समाजका लागि निरन्तर आवाज उठाएर समाजमा जकडिएका कथित मूल्य मान्यताको अवशेषलाई उखेलेर फाल्न एकल महिलाले आत्मबल बलियो बनाउनुपर्र्ने धारणा राखिन।

    राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत टङ्क खनालले आत्मसम्मानपूर्वक बाच्ने मानवअधिकारमैत्री समाज निर्माणमा सबै जुट्नुपर्ने धारणा राखेका छन । कार्यक्रमा एकल महिला समूह गण्डकीका अध्यक्ष प्रमिला तझ्याले एकल महिला सामाजिक, आर्थिक, मानसिक सांस्कृतिक विविध हिंसा र विभेदमा परेको उल्लेख गर्दै उनीहरुलाई मनोपरामर्शसहित आत्मनिर्भर बनाउन सीपसँग जोडेर लाग्नुपर्ने बताइन । उनले कोभिड–१९ का कारण सिर्जित अवस्थाले पनि एकल महिलाले थप समस्या झेल्नुपरेको बताएकि छिन ।

    समूहका जिल्ला अध्यक्ष जुना केसीले एकल महिलाको अवस्था बदल्न समूहले विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिइन। इन्सेक गण्डकीका कार्यक्रम संयोजक सवनम शर्माले द्वन्द्व प्रभावित महिला र एकल महिलाका लागि सङ्क्रमणकालीन न्यायको लागि द्वन्द्व प्रभावित महिलाको पहुँच विषयमा अहिलेसम्म भएका अभ्यासका बारेमा कार्यपत्र प्रस्तुत गरेकि थिइन ।

    कार्यक्रममा कोसिस नेपालका मनोपरामर्शकर्ता जमुना शर्मा, नागरिक समाज सञ्जालका अध्यक्ष विष्णु बराल, वडा नं ३० का जनप्रतिनिधि रमा नेपालीले द्वन्द्वपीडित एकल महिलाको अवस्थाका बारेमा आ–आफ्नो धारणा राखेका थिए । सो कार्यशाला गोष्ठीमा प्रदेशका ८ जिल्लाका ५५ जनाको सहभागिता रहेको समूहका प्रदेश सचिव मीना अधिकारीले जानकारी दिइन ।

    समूहका अध्यक्षमा तझ्या
    मानवअधिकारका लागि एकल महिला समूह गण्डकीका अध्यक्षमा प्रमिला तझ्या सर्वसम्मत चयन भएकि छिन । समूहको दोस्रो अधिवेशनले तझ्याको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा अमृता सिग्देल (नवलपरासी), सचिव मीना अधिकारी (गोरखा) र कोषाध्यक्ष चिनुमाया गुरुङ तनहुँ रहेका छन् । त्यसैगरी सदस्यमा अजिता शर्मा, खड्ककुमारी खड्का, हीरामति शाही र सावित्री थापा चयन भएका छन ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...