News Portal

  • धुुलिखेलमा थपियो अर्को पर्यटकीय गन्तव्य

    रासस
    ६८३ पटक

    काठमाडौं, १६ पुस । धुुलिखेलस्थित देवीस्थान डाँडामा शहीद वीर बलभद्र कुँवरको शालिक निर्माण गरिएको छ । यससँगै पर्यटकको आगमन समेत बढ्न थालेको छ । आन्तरिक तथा बाह्य पर्यटक आउन थालेपछि साना घुम्ती पसलदेखि होटल रेष्टुरेन्ट व्यवसाय फस्टाउँदै गएको छ । शालिक तथा उद्यान निर्माण उपभोक्ता समितिका अध्यक्ष गोकर्ण चौलागाईंले शहीद कुँवरको शालिक निर्माणले र उद्यान निर्माणले पर्यटन प्रवद्र्धनमा थप टेवा पुगेको जानकारी दिएका छन् । ।

    धुलिखेल नगरपालिकाको आर्थिक सहयोगमा विष्णु दल गण धुलिखेल र उपभोक्त समितिको श्रमदानमा शालिकसहितको उद्यान निर्माण गरिएको जनाइएको छ । उनले भने, “यस देवीस्थानडाँडाको लागि अर्को नमूना गन्तव्य हो ।” आठआना जग्गामा निर्माण गरेको शालिकसँगै उद्यान निर्माणका लागि अझै बाँकी रहेको उनको भनाइ छ । “अहिले शालिक आसपास सानो उद्यानमात्रै बनेको छ, कोभिडको कारण तत्काल बजेट अभाव भएकाले विस्तृत रुपमा उद्यान निर्माण गर्न पाइरहेको छैन । ”अध्यक्ष चौलागाईँ भने, “अब शालिक अगाडिको चौरलाई ठूलो उद्यान निर्माण गरेपछि यहाँको सौन्दर्यमा थप आकर्षक बन्नेछ ।”

    प्राकृतिक रमणीयस्थलसँगै बनेको भौतिक संरचनाले मान्छेको आगमन वृद्धि भएको स्थानिय बासिन्दा बताउँछन् । पहिला नाङ्गै देखिने डाँडा अचेल होटल व्यवसायको लागि बन्दै गरेका टहरा र पक्की भवनले भरिन थालेका छन् । पर्यटकको गन्तव्यका लागि थप व्यवस्थित बन्दै गएको र साना लगानीमा व्यवसाय गर्नेहरुले पनि आफ्नो गुजारा चलाउन सहज भएको उनीहरु बताउछन् ।

    अग्लो डाँडा र स्वच्छ हावापानी र घमाइलो वातावरण भएको कारण देवीस्थानडाँडा पर्यटकको रोजाइँको गन्तव्य बनेको हो । यहाँको प्राकृतिक सेल्फी ढुङ्गा, बुद्ध पार्क, चौरमा खेल्न र घोडा चढेर आनन्द लिन पाउनुका साथै पछिल्लो समयमा नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि शान्ति उद्यान, वीर बलभद्र कुँवरको शालिकसहितको उद्यानलगायतका भौतिक संरचना निर्माण गरेपछि पर्यटक बढ्न थालेका हुन् । धुलिखेल बजारको पिपलबोटबाट त्यहाँ जनाका लागि हजार सिँढी र मोटरबाटोसहितको सुविधा भएका कारण पनि देवीस्थानडाँडा सबैको रोजाइँमा परेको हो ।

    बुधवार वीर बलभद्र कुँवरको शालिक अनावरण भएसँगै पर्यटकको वृद्धि हुने अपेक्षा गरिएको छ । काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले इतिसालाई पनि सम्मान गर्ने र ऐतिहासिक पुरुषको पनि उत्तिकै सम्मान गरेको बताए ।

    नगरपालिका प्रमुख अशोक ब्याञ्जूले नगरपालिका विष्णुदल गण र स्थानीय उपभोक्ताको पहलमा निर्माण भएको शालिक र उद्यानले पर्यटन प्रवद्र्धनमा अर्को सफलता मिल्ने विश्वास व्यक्त गरे । नेपाल एकीकरणको वीर पुरुषको सम्मान र सम्झनामा निर्माण गरेको शालिकले इतिहासको सम्मानसँगै भावी पुस्ताको लागि पनि सिक्ने पाउने अध्ययन थलोको रुपमा स्थापित गर्न उद्यान निर्माण गरेको उनले बताए । नगरपालिकाले हालसम्ममा ३६ वटा उद्यान निर्माण गरिसकेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...