News Portal

  • चुनदेवी सामाजिक सेवा समाजमा साखः को नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २० पुस
    ११२४ पटक
    भक्तपुर, २० पुस

    भक्तपुरको सूर्यविनायक -५ स्थित चुनदेवी सामाजिक सेवा समाजको दोश्रो साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ। गत शनिवार भक्तपुर गेष्ट हाउसमा सम्पन्न प्रथम अधिवेशनबाट समाजले नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

    संस्थाको प्रथम अधिवेशनबाट गणेश भक्त साखः को नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरिएको समाजले जानकारी गराएको छ । भक्तपुर पोस्टलाई प्राप्त जानकारी अनुसार उपाध्यक्षमा बद्री बस्नेत सचिवमा अनुप केसी कोषाध्यक्षमा ईश्वर खडका निर्वाचित भएका छन् । त्यसैगरी कार्यसमिति सदस्यहरुमा भरत संग्रौला सुधाम केसी., कुश्माखर सापकोटा,शम्भु प्रसाद गौतम,केदार गोतामे,भागीरथा सिटौला,सीता उप्रेती,सबिना के सी,सरस्वती कार्की,रमा भुर्तेल र श्री कृष्ण राउत समेत १५ सदस्यीय कार्यसमिति चयन भएका बताइएको छ ।

    जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नं ५ का वडा अध्यक्ष राजकुमार जोशीको पनि उपस्थिथि रहेको थियो ।

    संस्थाले विगतमा चुनदेवी मन्दिर मन्दिर परिसरको पाटी जिर्णोद्दार गरी सकेको र आगामी दिनमा सोहि स्थान नजिक सिमको धारामा सामुदायिक तथा स्वास्थ्य भवन निर्माण गर्ने र सामाजिक सेवामा थप क्रियाशील रहने नयाँ कार्यसमितिले प्रतिवद्धता प्रकट गरेको छ । ‘जिल्ला समन्वय समितिबाट ५० लाख र अरु थप रकम प्रप्त हुने आश्वासन पाएकोले संस्थाको उदेश्य मुताविक उक्त भवन बन्ने बिश्वास लिएका छौ ।’ २ वर्षे कार्यकालको लागि कार्यसमितिको अध्यक्ष भएका गणेश भक्त साखः ले भने ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...