News Portal

  • भक्तपुर नगर भित्रका विद्यालयमा माघ १ देखि सबै कक्षा सञ्चालन हुने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २१ पुस
    १२८६ पटक
    भक्तपुर, २१ पुस

    भक्तपुर नगरभित्र सञ्चालित सबै विद्यालयहरू माघ १ गतेदेखि पूर्णरुपले सञ्चालन हुने भएका छन् । नगर शिक्षा समितिले कोभिड १९ का कारण बन्द  विद्यालय माघ १ बाट पूर्णरुपमा संचालन गर्ने निर्णय गरेको हो ।

    भक्तपुर नगर शिक्षा समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले सो निर्णय गरेको प्रेस संयोजक कीर्तिका प्रजापतिले जनाएकी हुन् ।

    यसअघि गत मङ्सिर २३ गते बसेको शिक्षा समितिको बैठकले नगरपालिका भित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरू पुस १ गतेदेखि कक्षा ८, ९ र १० लाई आलोपालो गरी भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने अनुमति दिएको थियो । कक्षा ८, ९ र १० लाई आलोपालो गरी भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने भनिएता पनि कतिपय विद्यालयले अन्य कक्षा समेत संचालन गरिरहेका थिए ।

    माघ १ बाट भने विद्यालय तहका सबै कक्षाहरु (बालविकास कक्षा देखि १२ सम्म नै) संचालन गर्न पाउने निर्णय भएको बताइएको छ । तर,संचालन अघि अभिभावकहरूको पूर्व स्वीकृति, व्यवस्थापन समितिको निर्णय र पूर्व तयारी तथा कार्ययोजना अनिवार्य गरिएकाे छ । अभिभावकहरूको पूर्व स्वीकृति, व्यवस्थापन समितिको निर्णय र पूर्व तयारी तथा कार्ययोजना बनाई बालविकासदेखि कक्षा १२ सम्मका कक्षाहरू माघ १ गतेदेखि सञ्चालन गर्न/गराउन विद्यालयहरूलाई पत्राचार गर्ने निर्णय भएको नगरपालिकाले जनाएको हाे ।

    विद्यालय सञ्चालनको क्रममा विद्यार्थी तथा शिक्षक-कर्मचारीहरूमा कोभिड १९ सम्बन्धी कुनै समस्या देखिएमा आवश्यकताअनुसार विद्यालय पूरै वा आंशिक बन्द गर्न नगर शिक्षा शाखाबाट निर्देशन दिन सकिने समेत निर्णय भएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...