News Portal

  • केपी ओली नेपालको सबैभन्दा ठूलो ठग हो : खनाल

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २५ पुस
    ८४५ पटक
    भक्तपुर, २५ पुस

    पूर्व प्रधानमन्त्री एवं पूर्व पार्टी अध्यक्षसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली ठग भएको आरोप लगाएका छन् । नेकपाको अध्यक्ष भएर ओलीले नेताकार्यकर्तालाई ठगेका र प्रधानमन्त्री भएर जनतालाई ठगेका जिकिर गर्दै उनले ओली देशकै सबैभन्दा ठूला ठग भएको आरोप लगाएका हुन् ।

    शनिवार मध्यपुर ठिमीमा आयोजित नेकपा भक्तपुरका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले केपी ओलीलाई पार्टी, संगठन र कम्युनिष्ट आन्दोलनको माया नभएको खुलासा गरे । व्यक्ति हत्यामा शुरुमै जेल परेका ओलीलाई पार्टीले जिम्मेवारी लिएर गल्ती गरेको भन्दै उनले त्यस गुनको बदला बैगुनी ओलीले पार्टीलाई बर्बाद बनाएको बताए ।” उनी १४ वर्ष जेलमा बसे । पार्टी संगठन कसरी बन्यो भन्ने उनलाई पत्तै भएन । हामीले दुख कष्टपूर्वक खडा गरेको पार्टीप्रति उनलाई माया हुने कुरै भएन । आफ्नो मनपरी गरेर आज बिभाजनको स्थिति बनाए ।” उनले भने । ७० प्रतिसत बढी बहुमत आफूहरुसंग भएपनि ओलीले आफूलाई आधिकारिक भन्दै कार्यकर्तालाई दिउसै रात पार्न प्रयत्न गरिरहेका खनालले बताए ।

    आफूलाई पार्टीले काम गर्न नदिएको भन्ने प्रधानमन्त्री ओलीले भ्रम फैलाएको भन्दै पूर्वप्रधानमन्त्री खनालले तीन पटकको बजेट ल्याउदा ओलीले जनताको भागमा निरासा र यथास्थितिमात्र पारेको बताए । गैरराजनीतिक व्यक्ति रहेका युवराज खतिवडालाई पार्टीको इच्छा विपरित अर्थमन्त्री बनाइएको र बजेट एवं नीति तथा कार्यक्रम थाहाँ नै नदिई ल्याउदा रुपमा कम्युनिष्ट पार्टीको सरकार देखिएपनि सारमा केपी ओलीको खल्तीको सरकारमा परिणत भएको उनको भनाइ छ ।

    केपी ओलीसंग खुराफात बाहेक कुनै सकारात्मक भिजन नभएको भन्दै वरिष्ठ नेता खनालले आफू पार्टी अध्यक्ष हुँदा नवौं महाधिवेशनको प्रतिवेदनमा प्रस्तुत गरेको ‘ सुखी नेपाली र समृद्ध नेपाल’ को परिकल्पनालाई चोरेर हुबहु नारा दिएपनि काम गर्न नसकेको उनले आरोप लगाए । त्यतिमात्र होइन, नेता खनालले प्रधानमन्त्री ओली राष्ट्रबादी समेत नरहेको खुलासा गरे । ”उनी राष्ट्रबादी होइन, पार्टी कमिटीले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नयाँ नक्सा जारी गर्न धेरै पटक ताकेता गरेपछि नक्सा निस्कियो । पछि त्यो सबै आफैले गरे झैँ गरी राष्ट्रबादीको नाटकमा व्यस्त छन्, यहाँ सम्म आइपुग्दा जनताले धेरै कुरा बुझिसके ।” खनालले भने ।

    पार्टीको बैठक नबसाल्ने र बैठकबाट भाग्ने ओली अन्तत परिवर्तन बिरोधी कित्तामा उभिएका र उनले प्रतिनिधि सभा विघटनबाट देशलाई दुर्घटनाको दिशातर्फ लैजान खोजेका खनालको भनाइ छ । केही गुन्डा र आपराधिक मानसिकतासहितका मानिसहरूको ग्याङ बनाएर ओलीले पार्टी र संविधान  विरुद्ध धावा बोलेका उनको आरोप छ । वरिष्ठ नेता खनालले प्रतिनिधि सभाको पुनर्स्थापनाको लागि आन्दोलनको आधिबेहरी सिर्जना गरिने जानकारी गराउदै कार्यकर्तालाई त्यसको लागि तयार रहन निर्देशन समेत दिए । प्रधानमन्त्री ओली पूजीवादी दक्षिणपन्थी भासमा भासिएका भन्दै खनालले समाजबादको रणनीतिक लक्षका साथ् अब पार्टी तीब्र गतिमा अघि बढ्ने बताए ।

    उक्त अवसरमा नेकपा नेता हितमान शाक्यले प्रधानमन्त्री ओली प्रतिक्रान्तिको बाटोमा गैसकेकोले उनको प्रतिरोध गर्नु नै अहिलेको आवश्यकता भएको भनेका थिए भने पूर्वमहान्याधिवक्तासमेत रहेका नेता मुक्ति प्रधानले संसद विघटनको कदम पूर्णरुपले असंवैधानिक रहेको तथ्य प्रस्तुत गरेका थिए ।त्यसैगरी भक्तपुरका पार्टी सचिव डिपी ढकालले ओली पक्षले बिभिन्न प्रलोभन बाढिरहेको भएपनि अन्तिम भोजमा सामेल भएर कम्युनिष्ट आन्दोलनमा कलंकित नहुन आह्वान गरे । ओलीले बढ्ने पद र प्रलोभन कोपरामा पस्किएको चौरासी व्यंजन जस्तै भएको उनको भनाइ छ । कार्यक्रममा इन्चार्ज दिलिप प्रजापति भिष्मले भक्तपुरमा पार्टीको अवस्थाबारे अवगत गराउदै सत्ताले मैमत्त भएकाहरुलाई सडकबाट सबक सिकाइने उद्घोष गरे ।

    नेता रंजन केसीले संचालन गरेको कार्यक्रममा सांसदद्वय डा राजेन्द्रमान श्रेष्ठ र प्रतिमा श्रेष्ठ त्यसैगरी बागमती प्रदेश सचिवालय सदस्य देवेन्द्र श्रेष्ठ दिवाकर लगायतका नेताहरु उपस्थित थिए भने सयौंको संख्यामा अगुवा कार्यकर्ता सहभागी रहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यो सरकार काण्ड खोतल्न होइन, मिलाउन बनेको हो : पूर्व प्रधानमन्त्री प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न...

    काठमाडौंमा माओवादी केन्द्रको खबरदारी सभा

    नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा गरिरहेको छ । सुन्धाराबाट जुलुससहित आएको र्याली प्रदर्शनी...

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...

    भक्तपुरकी सिडिओ श्रेष्ठको सरुवा

    roshani shreshtha cdo

    भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रवार उनको सरुवा गरेको हो...

    स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरमा पन्चाङ्ग निर्णय

    Tihar

    यस वर्षको स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरले पन्चाङ्ग निर्णय गरेको छ । भक्तपुर...