News Portal

  • भक्तपुरका अग्रज पत्रकारद्वय राणा र श्रेष्ठ सम्मानित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १० माघ
    १३०५ पटक
    भक्तपुर, १० माघ

    भक्तपुरका दुई अग्रज क्रियाशील पत्रकार सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले आफ्नो २२ औं साधारण सभाको अवसर पारेर पत्रकारद्वय कविर राणा र रत्नकृष्ण श्रेष्ठलाई सम्मानित गरेको हो ।

    शनिवार सम्पन्न साधारणसभामा पत्रकार राणाले भगवान महर्जन स्मृति पत्रकारिता पुरस्कार र श्रेष्ठले मैंयादेवी स्मृति पत्रकारिता पुरस्कार प्राप्त गरेका हुन् । पत्रकार राणाले नगद १० हजार रुपैयाँसहित दोसल्ला र सम्मान पत्र प्राप्त गरेका छन् भने श्रेष्ठले नगद २ हजार ३ सय रुपैयाँसहित दोसल्ला र सम्मान पत्र प्राप्त गरेका छन् । राणा देशान्तर साप्ताहिकका प्रधान सम्पादक हुन् भने श्रेष्ठ राष्ट्रिय समाचार समितिसंग आवद्ध छन् ।

    पुरस्कार प्राप्त गरेपछि राससकर्मी अग्रज पत्रकार रत्नकृष्ण श्रेष्ठले प्राप्त नगद राशी भक्तपुर शाखाको भवन निर्माणका लागि हस्तान्तरण गरेका छन् । आफूले प्राप्त गरेको नगदमा ५ हजार रुपियाँ थप गरेर उनले भवन निर्माणमा खर्च गर्नेगरी हस्तान्तरण गरेका हुन् ।

    साधारण सभालाई सम्वोधन गर्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत रहेका वरिष्ठ पत्रकार हरिहर विरही, उपाध्यक्ष दिलिप थापा मगर, महासचिव रमेश विष्ट, केन्द्रीय सदस्यद्वय गोविन्द चौलागांई र लक्ष्मण कार्की लगायतले ओली सरकारको पछिल्लो कदमले लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता समेत खतरामा रहेकोले सचेत रहनुपर्ने आवश्यकता औल्याएका छन् । संविधानको खिलाफ भएको कदम र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित गर्ने सरकारको याे  दुस्प्रयास महासंघलाई मान्य नहुने उनीहरुको भनाइ छ ।

    कार्यक्रममा महासंघका उपत्यका प्रदेश महासचिव श्रृजन झा, ललितपुर अध्यक्ष ज्ञानप्रसाद पौडेल लगायतले भक्तपुर शाखासंगको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने बिश्वास व्यक्त गरे । शाखाका अध्यक्ष पुष्करराज बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव कृष्ण प्रसाद नेपालले गरेका थिए भने उक्त अवसरमा पूर्व अध्यक्षहरु, कार्यसमितिका पदाधिकारीहरु, साधारण सदस्यहरु एवं पुरस्कारका दाता एवं शुभचिन्तकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    साधारण सभाको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनहरु सर्वसम्मतिले पारित भएका कार्यसमिति सदस्य लिला श्रेष्ठले जनाएकी छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...