भक्तपुर अस्पतालमा कोभिड-१९ विरुद्धको खोप लगाउने कार्यको शुरुवात भएको छ । बुधबार अस्पतालका मेडिकल स्टाफले खोप लगाएपछि भक्तपुरमा पनि कोभिड-१९ विरुद्धको खोप लगाउने कार्य शुरु भएको हो । अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सुमित्रा गौतमले खोप लगाइ खोपको शुरूवात गरेकी हुन् । उनी संगै डाक्टर सुनिल ढुंगेल,डाक्टर कन्चन दाहाल,डाक्टर सुरज धौभडेल नर्सिङ इन्चार्ज रोसनी श्रेष्ठ लगायतले खोप लगाएका छन् । भारत सरकारबाट प्राप्त खोप नेपाल सरकारले सफाइ र स्वास्थ्य कर्मचारी लाई पहिलो प्राथमिकतामा उपलब्ध गराएसंगै भक्तपुर अस्पतालले खोप प्राप्त गरेको हो । खोपको असरबारे अनेक नकारात्मक हल्ला चलेपनि भक्तपुर अस्पतालमा यसको सफल शुरूवात भएको मेसु डा गौतमले जनाएकी छन् । मेसु डा गौतमका अनुसार भक्तपुर अस्पतालका सबै स्टाफलाई कोभिड १९ विरुद्धको खोप उपलब्ध छ । उनले खोप उपलब्ध गराएवापत नेपाल सरकरलाई धन्यवाद ब्यक्त गरेकी छन् । कोभिड बिरुद्ध अग्र मोर्चामा रहेको भक्तपुर अस्पताललाई प्राथमिकता दिएर खोप उपलब्ध गराएको भन्दै उनले संतोष ब्यक्त गरेकी हुन् ।
भक्तपुरमा कोभिड-१९ विरुद्धको खोप शुरु
भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १४ माघ
भक्तपुर, १४ माघआज ५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस
५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइदै छ । साक्षर बन्ने र...
सर्वोच्चको फैसला पुनरावलोकनका लागि पहल गर्न प्रचण्डलाई आफ्नै पार्टीको ६ बुँदे पत्र
नेकपा (माओवादी केन्द्र) को काठमाडौं उपत्यकाका तीनै वटा जिल्लाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्वोच्च...
५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस २०८१
५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस, २०८१ को आदर्श बाक्यको मुख्य साराशं बहुभाषिक शिक्षाको प्रवर्द्धन : पारस्पारिक समझदारी र...
सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता
सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...
तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग
नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...
- अङ्ग प्रत्यारोपणका पिता डा पुकार चन्द्र श्रेष्ठ
- ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या
- सेन्ट्रल कलेज सिनामंगलमा तीज विशेष कार्यक्रम
- बुबा
- तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग
- सर्वोच्चको फैसला पुनरावलोकनका लागि पहल गर्न प्रचण्डलाई आफ्नै पार्टीको ६ बुँदे पत्र
- धुलिखेल-खावामा दुईदिन मालवाहक सवारी नचलाउन सडक डिभिजन भक्तपुरको सूचना
- भारतबाट भित्रिने खाद्य सामग्रीको ल्याब टेस्ट नै हुँदैन : खान
- पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना
- पत्रकार शर्मालाई पितृशोक