News Portal

  • पक्राउ परेकालाई छुटाइदिने भन्दै रकम ठगी गरेको आरोपमा सूर्यविनायकबाट २ जना समातिए

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ माघ
    १६५४ पटक
    bhaktapurpoliceभक्तपुर, १८ माघ

    सुनौलो कछुवा सहित पक्राउ परेका धावा लामा र राज कुमार घिसिङलाई छुटाइदिने भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका-४ भोलेनी घर भै हाल सूर्यविनायक-६ सूर्यविनायक बस्ने बर्ष ३३ को बीर बहादुर तामाङ र रामेछापको सुनापती -७ घर भई हाल सूर्यविनायक नै बस्ने बर्ष २७ को ग्याल्छेन लामा रहेका महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीले जानकारी दिए ।

    उनीहरुले नगद रु २ लाख १० हजार लिएर सुनौलो कछुवा सहित पक्राउ परेका धावा लामा र राज कुमार घिसिङलाई छुटाइदिने आस्वासन दिएका बताइएको छ । थुना मुक्त पनि नगरेको र पैसा फिर्ता नगरी ठगी गरी सम्पर्क बिहिन भएको भन्ने आफन्तको उजुरीको आधारमा अभियुक्तहरु पक्राउ परेका प्रहरीको भनाइ छ । महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले पक्राउ गरी आइतवार जिल्ला अदालतबाट ठगी कसुरमा ५ दिनकोम्याद लिई थप अनसुन्धान भईरहेको डिएसपी गिरीले जनाएका छन् ।

    शुक्रवार सूर्यविनायक- ६ गणेश मन्दिर नजिकबाट बिशेष सूचनाको आघारमा सुनौलो कछुवा सहित पक्राउ परेका धावा लामा र राज कुमार घिसिङलाई भने थप अनुसन्धानका लागि सानोठिमीस्थित डिभिजन बन कार्यालयमा पठाइएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...