News Portal

  • भक्तपुरमा वर्षा, नगरकोटमा हिउँ

    राजेशमान मानन्धर / भक्तपुरपोस्ट भक्तपुर, २४ माघ
    १९७९ पटक
    भक्तपुर, २४ माघ

    मौसममा बदली भइ भक्तपुरमा वर्षा भएको छ । असिना पानी सहितको वर्षापछि चिसो बढेको छ । शनिबार बिहानैदेखि घाम  देखिएको छैन ।                                                                 नगरकोटमा हिउँ समेत परेको स्थानीय ब्यवसायीले बताएका छन् । नगरकोटमा हिउँ परेपछि उपत्यकाबाट हिउँ हेर्न आउने युवायुवतीले चासो राख्दै सम्पर्क गरिरहेका उनीहरुको भनाइ छ ।                                                                                   शनिवार स्कुल समेत बिदा रहेकोले बालबालिकाले भने राहत पाएका छन् । उनीहरु घरमै न्यानो भएर बस्न पाएका हुन् ।         किसानहरु हल्का पानीले बाली लाई राम्रो गर्ने भन्दै दङ्ग देखिएका छन् । आजको मौसमले भक्तपुरको राजनीतिक शरगर्मी लाई समेत ठन्डा गरिदिएको छ । पानीले सडक चिप्लो बनाएपछि `छ लेन´ सडकमा दुर्घटना जोखिम भने बढेको ट्राफिक प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...