News Portal

  • भक्तपुरमा नेपालमै पहिलो श्वासप्रश्वास पुनर्स्थापना केन्द्रको उद्घाटन : उपचार सेवा शुरू

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, २९ माघ
    ११४० पटक
    भक्तपुर, २९ माघ

    भक्तपुरमा सम्भवत: नेपालमै पहिलो श्वासप्रश्वास पुनर्स्थापना केन्द्रको स्थापना र संचालन भएकाे छ । श्वासप्रश्वासका बिरामीको उपचारको लागि भक्तपुरमा निर्मित उक्त  केन्द्रको भवन र उपचार सेवा समेत शुभारम्भ भएकाे हो ।

    भक्तपुर नगरपालिकाले संचालन गर्ने उक्त पुनर्स्थापना केन्द्रको आज बिहीवार औपचारिक उद्घाटन गरिएको छ । वरिष्ठ बामपन्थी नेता एवं नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छें रोहितले भवन र सेवा संचालनकाे उद्घाटन गरेका हुन् ।

    भक्तपुर नगरपालिका वडा नं. ९ तुमचोमा निर्मित श्वासप्रश्वास पुनर्स्थापना केन्द्रमा आयोजित एक विशेष कार्यक्रममा अध्यक्ष बिजुक्छेँले भवन र सेवा संचालनकाे उद्घाटन गरे । जापान इन्टरनेशनल मेडिकल टेक्नोलोजी फाउन्डेसन (जिम्टेफ) को प्राविधिक सहयोगमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालन गरिने श्वासप्रश्वास पुनस्र्थापन केन्द्र भवन उद्घाटन तथा उपचार सेवा औपचारिक उद्घाटन संगै बिहीबार बाटै शुभारम्भ भएको हो ।

    उक्त अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेँले भक्तपुरमा श्वासप्रश्वासको अस्पताल संचालन भएसंगै भक्तपुरलगायत देशभरिका दीर्घ दमखोकीका बिरामीहरु लाभान्वित हुने बिस्वास व्यक्त गरे । उनले यसका लागि जापानी दातालाई धन्यवाद दिंदै यसलाई नमूनाको रुपमा संचालन गर्न नगरपालिकालाई निर्देशन दिएका छन् ।

    स्वास्थ्य क्षेत्रमा देखिएको बेथितिबारे बोल्दै अध्यक्ष बिजुक्छेँले नेपालमा नक्कली औषधी निर्यात भइरहेकोतर्फ सचेत रहनुपर्ने आवस्यकता औल्याएका छन् भने राजनीतिक दलका कार्यकर्ता मंत्री बन्न अयोग्य रहेका समेत खुलासा गरेका छन् । मन्त्रालयसँग सम्बन्धित ज्ञानको अभावका कारण सचिवहरुले मन्त्रीहरुलाई फसाउने गरेको उनको भनाइ छ ।

    अध्यक्ष बिजुक्छेंले नगरको ढल, पार्क, संग्रहालय,गुणस्तरीय शिक्षा र व्यवस्थित अस्पताल सञ्चालनलगायतका क्षेत्रमा नगरपालिकाले विशेष ध्यान दिनुपर्नेमा जोड दिदै जनप्रतिनिधिहरु जनताको घरमा गएर उनीहरुको स्वास्थ्य लगायतका समस्या बुझ्ने र समाधानका लागि अग्रसर हुनुपर्ने दिशानिर्देश समेत गरे ।

    कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वास्थ्य सेवालाई नगरपालिकाले महत्वका साथ् अघि बढाइरहेको प्रष्ट पारे । उपचारमा सहज पहुँच र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले तीनवटा जनस्वास्थ्य सेवा केन्द्रमार्फत १९ थरिको स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको बताउदै उनले श्वासप्रश्वासको उपचारमा केन्द्र कोशेढुंगा सावित हुने बिश्वास व्यक्त गरे  ।
    केन्द्र सञ्चालनको लागि सहयोग गर्ने जापान सरकार र सहयोगी संस्था जिम्टेफप्रति आभार प्रकट गर्दै उनले तालिम प्राप्त चिकित्सकहरूबाट गुणस्तरीय सेवा प्रवाह गर्ने प्रतिवद्धता समेत प्रकट गरे ।

    जापानका वरिष्ठ सरकारी चिकित्सकहरुको संस्था जिम्टेफको सहयाेगमा भक्तपुर नगरपालिकामा संचालन भएकाे केन्द्रले दुई देशका जनताबीचको सम्बन्धलाई थप सुमधुर पार्ने विश्वास उनले ब्यक्त गरे । बढ्दो वायु प्रदुषणसंगै बढेको श्वासप्रश्वास सम्बन्धि दीर्घ रोगीहरुलाई यसले राहत मिल्ने नगर प्रमुख सुनिल प्रजापतिले बताएका छन् ।

    त्यसैगरी बागमति प्रदेशका प्रदेश सभा सदस्य एवं नेमकिपाका केन्द्री सदस्य सुरेन्द्रराज गोसाईले भक्तपुर नगरपालिकाले नेपालकै पहिलो र एकमात्र श्वासप्रश्वास पुनर्स्थापना केन्द्र सञ्चालन गरी इतिहास रचेको खुलासा गर्दै यसलाई जनताको अधिकत्तम सेवामा समर्पित गर्नुपर्ने बताए ।

    भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले विश्वमा श्वासप्रश्वाससम्बन्धी रोगले १० प्रतिशत, नेपालमा १२ प्रतिशत र भक्तपुरमा १९ प्रतिशत बिरामी रहेको तथ्य प्रस्तुत गर्दै बढ्दो सहरीकरण र प्रदूषणका कारण श्वासप्रश्वासका रोगीहरूको संख्या दिनानुदिन बढिरहेको बताइन । जनस्वास्थ्यको जिम्मेवारी बोध सहित नगरपालिकाले पुनर्स्थापाना केन्द्र संचालन गरेको र यसको संचालनमा सबै क्षेत्रबाट साथ् र सहयोग रहने समेत उनले विश्वास व्यक्त गरेकी छन् ।

    कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले केन्द्र संचालनमा आफ्नो कार्यालयले आवस्यक समन्वय गर्ने प्रतिवद्धता प्रज्कत गर्दै यो भक्तापुरबासी जनताको स्वास्थ्यका लागि लाभदायक सावित हुने विश्वास व्यक्त गरे ।

    त्यसैगरी जिम्टेफका अध्यक्ष बरिष्ठ दमरोग विशेषज्ञ डा. हायासीले भिडियोमार्फत आफ्नो सन्देश सुनाउँदै श्वासप्रश्वास पुनःस्थार्पन केन्द्र सञ्चालनमा सबैको सहयोगको आशा रहेको र आगामी दिनहरूमा नेपालका अन्य नगरपालिकाहरूमा पनि सञ्चालन गर्ने योजना रहेको बताए ।

    कार्यक्रममा त्रिवि शिक्षण अस्पतालका इन्टरनल मेडिसिनका पूर्व विभागीय प्रमुख डा. प्रदीपकृष्ण श्रेष्ठ, बरिष्ठ दमरोग विशेषज्ञ एवं सोलिड नेपालका अध्यक्ष डा. खेमबहादुर कार्की जनस्वास्थ्य सेवा केन्द्र इन्चार्ज डा. रत्नसुन्दर लासिवा, भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष रत्नप्रसाद प्रजापति लगायतले पनि पुनर्स्थापना केन्द्रको महत्व बारे प्रकाश पारेका थिए । वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले संचालन गरेकाे उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए । उक्त अवसरमा स्थानीयहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...