News Portal

  • संसद पुनर्स्थापना मात्र होइन, प्रधानमन्त्री ओलीलाई जेल हाल्नुपर्छ : श्रेष्ठ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ९ फागुन २०७७
    ३८०३ पटक
    भक्तपुर, ९ फागुन २०७७

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बागमती प्रदेश स्तरीय सुशासन समितिका संयोजकसमेत रहेका भक्तपुरका बामपन्थी नेता देवेन्द्र श्रेष्ठ दिवाकरले जनताले बनाएको संविधानको रक्षा जनताले नै गर्नुपर्नेमा जोड दिएका छन् । न्यायपालिकाले न्याय दिन नसके जनता अन्याय सहेर बस्न नसक्ने उनले बताएका हुन् ।

    शनिवार भक्तपुरमा नेपाल प्रेस सोसाइटी तथा संकल्प क्रियसनद्वारा आयोजित ‘वर्तमान राजनीतिक संकट र युवाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता श्रेष्ठले उक्त कुरा बताए । नेपाली जनताको लामो बलिदानी पछि बनेको संविधान सभाले बनाएको संविधानको रक्षा गर्नु जनताको दायित्व भएको उनको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओली नयाँ बादशाह बन्न खोजे युवाहरुले उनको कठालो समातेर झार्नुपर्ने उनले बताए ।”प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गरी जनमतको अपमान र संविधानको हत्या प्रयास गरेका छन् । युवाको माग संसद पुनर्स्थापना मात्र होइन, उनलाई जेल हाल्नुपर्छ भन्ने हो ।” उनले भने । विश्वमा जनविरोधी शासकहरुको पतन दुखद भएको स्मरण गर्दै उनले सोहीकारण नयाँ तानाशाहले टाउको उठाउन नसकेको र उनीहरुले प्रगती गरेको प्रष्ट पारे ।

    नेपालमा प्रतिगमन र निरंकुशता लाद्ने शासकहरुलाई परिवर्तनपछि उन्मुक्ति दिंदा यस्ता प्रवित्ति निरुत्साहित हुन नसकेका तर्क गर्दै उनले आन्दोलन र विद्रोह दबाउनेहरुलाई जेलको बास नगराएसम्म जनविरोधी हर्कतको शृंखला बन्द नहुने बताए । ‘केपी ओली प्रवित्ति रोक्न अब उनलाई जेल हाल्नुको बिकल्प छैन ।” नेता श्रेष्ठले भने ।

    केपी ओलीलाई भारतले योजनावद्ध रुपले राष्ट्रबादी बनाएको र नेपाली जनतालाई भ्रमित गरी उनीबाट आफ्नो स्वार्थ बटुलिरहेको उनको आरोप छ । ओली राष्ट्रवाद नेपालको नयाँ नक्सासंगै नाङ्गिएको उनले खुलासा गरे । लिपुलेक लिम्पियाधुरा समेटिएको नक्सा ओलीको जोडमा नभई पार्टीको जोडमा संसदमा लगिएको भन्दै उनले भने ”त्यही बेलादेखि प्रधानमन्त्री ओली भारतसंग घाटी जोड्न पुगे । भारतीय गुप्तचरलाई बालुवाटारमा भेट्ने, भारतीय सेनाका प्रधान सेनापतिलाई नेपालमा बोलाएर ढोग्ने अनि आफ्नो सत्ता बचाउन संसद विघटन गर्ने व्यक्ति कसरी राष्ट्रबादी ?” उनले प्रतिप्रश्न गरे ।

    पार्टीले एमसीसी संसदमा ल्याएर पास गर्ने कुराको विरोध र नयाँ नक्सा संसदबाट अनुमोदन गर्नेमा जोड दिएपछि नै पार्टीभित्र बिबाद बढेको उनले बताए । ”ओलीहरुले कुर्सीको लडाई भनेर जवर्जस्त जनतालाई भ्रमित गर्न खोजेपनि उनीहरुको झुटको खेती युवाहरुले ध्वस्त बनाउनुपर्नेमा नेता श्रेष्ठले जोड दिएका छन् । ”यो लडाई कुर्सीको त हुँदैहोइन साथसाथै यो नेकपाको मात्र पनि होइन । अहिलेको राजनीतिक लडाई अग्रगमन र पश्चगमनको हो । परिवर्तनप्रेमी र परिवर्तन बिरोधी बीचको हो ।” उनले भने ।

    उक्त अवसरमा पूर्व मन्त्रीसमेत रहेका संघीय समाजबादीका केन्द्रीय नेता परशुराम खापुङ्गले नेकपा भित्र जनताको समस्याबारे बहस नहुँदा वर्तमान राजनीतिक संकट आएको र यसले देशलाई बर्बादीको दिशा तर्फ लैजान खोजेको भन्दै आम युवाहरु त्यसको प्रतिरोधमा सशक्तरुपमा उत्रनुको बिकल्प नभएको बताएका थिए भने उक्त पार्टीका जिल्ला नेता मोतिलाल महर्जनले प्रधानमन्त्री ओलीको लहडमा देशलाई बर्बाद हुन नदिन युवाहरु प्रतिवद्ध रहेको प्रष्ट पारे ।

    कार्यक्रममा युवा अभियन्ता हेमराज थापाले प्रधानमन्त्री ओलीलाई नयाँ बादशाह बन्ने सपना नदेख्न चेतावनी दिए । उनले युवाहरु संघर्षमा सडकमा उत्रदा ‘भाडाका मान्छे’ भन्नेहरुको राजनीतिक संकीर्णताप्रति खेद प्रकट गर्दै युवाहरु परिवर्तनको संवाहक भएका र युवाहरु जिउदो हुन्जेल शासकहरुको जनविरोधी कदम बिरुद्ध बोलिरहने बताए । उक्त अवसरमा डा बिपी खनालले युवाहरुलाई यो वा त्यो पक्षमा लाग्न प्रेरित गर्ने र प्रयोग मात्र गर्ने प्रचलनले राजनीति दुषित बनाएकोप्रति दुख व्यक्त गरे । उनले युवाहरु दलीय स्वार्थको बन्धन तोडेर देश र जनताको हक अधिकारको लागि संघर्षरत रहनुपर्नेमा जोड दिए ।

    त्यसैगरी नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष पुष्करराज बुढाथोकीले संविधानको सुरक्षा नभई प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको सुरक्षा नहुने भन्दै संविधानको रक्षाको लागि पत्रकारहरु सचेत रहेको प्रष्ट पारे भने युवा अभियन्ता साजन विश्वकर्माले प्रधानमन्त्री ओलीको प्रतिगामी कदम बिरुद्ध युवाहरुले विद्रोहको आधिबेहरी सृजना गर्ने बताए ।

    रमेश ख्याजुको अध्यक्षतामा संचालित उक्त अन्तर्किया कार्यक्रमको संचालन पत्रकार रामगोपाल आशुतोषले गरेका थिए भने कार्यक्रममा युवा नेता श्रीराम खाइजुले प्रस्तुत गरेको कार्यपत्र माथि केन्द्रित भएर बक्ताहरुले आफ्नो अभिमत प्रकट गरेका थिए । उक्त अवसरमा खाइजुले वर्तमान संकट र युवाको दायित्व विषयमा ४ पृष्ठ लामो कार्यपत्र प्रस्तुत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...