News Portal

  • भक्तपुरमा कांग्रेस नेता पौडेलकाे प्रष्टाेक्ति- प्रतिपक्षको भूमिकामा देउवाको दोष

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ फागुन
    ९५९ पटक
    भक्तपुर, १८ फागुन

    नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी नेपाली काँग्रेसको भएको भनेका छन्। अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि सांसद किनबेच गर्ने खतरा रहेको र यसले लोकतन्त्रको सौन्दर्य नास गर्ने उनको भनाइ छ ।

    भक्तपुरमा पूर्व जिल्ला सभापति विश्वनाथ मिश्रको १०५ औं स्मृती सभालाइ सम्वोधन गर्दै उनले पार्टीको नेतृत्वमा रहेका सभापति शेर बहादुर देउवाले सहि ढंगले पार्टी संचालन गर्न नसकेको आरोप समेत लगाएका छन् ।

    प्रतिपक्षको भूमिका सशक्त बन्न नसक्नुमा नेतृत्वको दोष रहेको उनले दावी गरेका हुन् । नेता पौडेलले नेपाली काँग्रेस सरकारमा जानु नहुने आफ्नो धारणा रहेको स्पष्ट पार्दै लोकतन्त्रको पहरेदारी र सरकारको गलत कामको खबरदारी गर्दै काँग्रेसले सशक्त प्रतिपक्षको भूमिकामा बस्नुपर्ने बताए ।

    नेता पौडेलले तत्कालिक सभामुख सुवास नेम्वाङ्गको नाटकका कारण आफूले १७ पटक प्रधानमन्त्रीको निर्वाचनमा भाग लिनुपरेको स्मरण गर्दै राजनीतिक विकृतीवाट संसद र लोकतन्त्रलाई बचाउन नेपाली काँग्रेस लाग्नुपर्ने आवश्यकता समेत औल्याएका छन् ।

    कार्यक्रममा नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेल, जिल्ला सभापति दुर्लभ थापा, पूर्व जिल्ला सभापति एवं सांसद लेखनाथ न्यौपाने, वरिष्ठ पत्रकार कविर राणा लगायतले पूर्व जिल्ला सभापति विश्वनाथ मिश्रको योगदानको स्मरण गरेका थिए ।

    विश्वनाथ मिश्र स्मृति प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा रक्तदान तथा विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...