News Portal

  • विप्लव समूहसंग रातारात सहमती नभएको प्रधानमन्त्रीकाे प्रष्टाेक्ति

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २१ फागुन २०७७
    ९६८ पटक
    भक्तपुर, २१ फागुन २०७७

    प्रधानमन्त्री केपी शर्मा ओलीले बिद्रोही दल विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी संग सम्पन्न सहमती रातारात नभएको भनेका छन् । शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजित सहमती पत्र हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

    प्रधानमन्त्री ओलीले रातारात भएको नभई एक वर्षदेखिको निरन्तर वार्ताको परिणाम स्वरुप विप्लव समूहसँग सहमती गर्न सकिएको खुलासा गरेका हुन् । ”हामी एक वर्षदेखि गम्भीररुपले वार्ता गर्दै आएका थियौँ ।” उनले भने ।

    उक्त अवसरमा प्रधानमन्त्री ओलीले वर्तमान सहमतीले बिद्रोही शक्तिलाई राजनीतिको मुलधारमा ल्याएको र यो सरकारको उपलब्धी भएको स्पष्ट पारे । सहमती सेफ ल्याण्डिङ्ग भएको उनको भनाइ छ । ”यो ल्यान्डिङ फोर्स ल्यान्डिङ, क्र्यास ल्यान्डिङ नभइ सेफ ल्यान्डिङ हो ।” प्रधानमन्त्री ओलीले भने ।

    कार्यक्रममा उनले प्रचण्ड माधव नेपाललाई कटाक्ष गर्दै छदाखादाको आफ्नो पार्टीको प्रधानमन्त्री पदलाई किस्तीमा राखेर अरुलाई टक्राउन नसकिने जिकिर गरे ।‘ किस्तीमा प्रधामन्त्री लिएर खाईदिनु पर्यो ’ भनेर हिडेका भन्दै उनले आफूले  त्यसो नगर्ने अडान व्यक्त गरे ।

    सो अवसरमा प्रधानमन्त्री ओलीले विप्वल समूह शान्तिपूर्ण राजनीतिमा आएकोमा बधाई तथा स्वागत गरेका थिए । ओलीेले विप्लवको आगामी राजनीतिक कार्यदिशा मुलुकको हित र विकासमा हुने अपेक्षा समेत गरे ।

    गत मंगलबार सरकार र नेकपा विप्लव समूहकाे वार्ता टोलीबीच वार्ता शुरु भएकाे थियाे । विहिबार नै तीनबुँदे सहमति भएपछि सहमतीको रफ्तारको विषयलाई लिएर हतारको सहमती भनी कार्यान्वयनमा अनेक आशंका व्यक्त भएका थिए । त्यसप्रति प्रष्टीकरण दिंदै शुक्रवार दुवै पक्षले सहमती पत्रामा हस्ताक्षर गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रिविक्रम चन्द ‘विप्लव’काे उपस्थितिमा सहमती पत्रमा गृहमन्त्री रामबहादुर थापा र खड्गबहादुर बिश्वकर्माले हस्ताक्षर गरेका छन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारसँग भएको तीनबुँदे सहमतीप्रति आफूहरु प्रतिबद्ध रहेको बताएका छन् । सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमतीमा नेपाललाई सुन्दर देश बनाउने सपना रहेको उनले बताए ।

    सहमतीमा हस्ताक्षर गर्न आयोजित कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले भने, ‘तीनबुँदेमा हामी प्रतिवद्ध छौं, पालना गर्छौं । आशंका वा कुतर्क गर्न जरुरी छैन ।’ दीर्घ शान्ति, स्थिरता र समृद्ध नेपालको चाहनाले दुवै पक्षबीच सहमती भएकाे उनकाे भनाइ छ ।

    वार्तामा सरकारकाे तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराई त्यसैगरी  बिद्रोही नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा र केन्द्रीय सदस्य उदय चलाउने दीपक सहभागी रहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...