News Portal

  • राजधानीमा सूर्योदय

    भक्तपुरपोस्ट संवाददाता काठमाडाैं २१ फागुन २०७७
    ११४७ पटक
    काठमाडाैं २१ फागुन २०७७

    भव्य समारोहका बीच राजधानीमा सूर्योदय गजल संग्रहको लोकार्पण भएको छ । डी. आर. न्यौपाने ‘सूर्य’ द्वारा लिखित उक्त गजल संग्रह विमोचन समारोहमा साहित्यकार एवं पूर्व उपकुलपति विष्णुविभु घिमिरेले प्रमुख आतिथ्यता गरेका थिए ।

    गजलकार डिल्लीराम न्यौपानेकी प्रतिनिधिका रुपमा छोरी समीक्षा न्यौपानेले उपस्थित अतिथिहरुलाई स्वागत मन्तव्य दिएकी थिइन् ।
    अनेसास नेपाल च्याप्टरको आयोजना एवं पुस्तकका सम्पादक रमेश दाहालको संयोजनमा भएको लोकार्पण समारोहमा प्रमुख अतिथि विष्णुविभु घिमिरे, अनेसास नेपाल च्याप्टरका अध्यक्ष सन्ध्या पहाडी, उपाध्यक्ष दिव्य गिरि, अनेसास केन्द्रिय सदस्य रेनुका सोलु, गजलकार सूर्यकी धर्मपत्नि मिना न्यौपानेलगायत मन्चासीनहरुबाट पुस्तक लोकार्पण गरिएको थियो ।

    पुस्तकका विषयमा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल र डा. शान्तिमाया गिरिले विस्तृत समीक्षा गरेका थिए । सूर्यको सूर्याेदयले नेपाली साहित्यको गजल फाँटमा राप ल्याउने कुरामा विश्वस्त भएको समीक्षक ज्ञानुवाकर पौडेलले बताए ।

    समारोहमा लोकार्पित गजलसंग्रहबाट सन्तोष अम्गाइँ, जीवन भण्डारीलगायत चारजनाले गजल वाचन गरेका थिए भने अनेसास केन्द्रीय सदस्य डा. रेनुका सोलुबाट गजलवाचनसहित शुभकामना मन्तव्य प्रकट भएको थियो । यसैगरी अनेसास नेपाल च्याप्टरका महासचिव ऋषभदेव घिमिरेले उपस्थित अतिथिहरुलाई धन्यवाद मन्तव्य दिँदै सूर्याेदय गजलसंग्रहमा नेपाली माटोको सुगन्ध फैलिएको र यस गजसंग्रह प्रकाशन गरेर नेपाली साहित्यिक वाङ्मयमा दरिलो इँटा थपिएको महसुस भएको कुरा बताए ।

    युवा साहित्यिक पत्रकार मधुपाठकबाट सञ्चालन गरिएको लोकार्पण समारोहलाई कार्यक्रमका अध्यक्ष सन्ध्या पहाडीबाट मन्तव्यसहित विसर्जन गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...