नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को नाम सम्वन्धी बिबादमा सर्वोच्च अदालतले ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ । प्रचण्ड र केपी ओली लाई चकित पार्दै सर्वोच्चले कट्टेलको पक्षमा फैसला सुनाएको हो ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष कट्टेलले दुई वर्षअघि आफ्नो पार्टीसँग मिल्ने नाम निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको दललाई दिएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा दर्ता भएको थियो । कोष्ठभित्रको नेकपाको अर्को अर्थ नभएकोले उक्त पार्टी अवैधानिक भएको कट्टेलले जिकिर गरेका थिए ।
न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाउदै नेपाल कम्युनिस्ट पार्टीमा अरुको दावी नपुग्ने फैसला सुनाएको हो ।