News Portal

  • शव पहिचान हुन नसकेपछि भक्तपुर प्रहरीको यस्तो अनुरोध

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २५ फागुन
    १८९७ पटक
    भक्तपुर, २५ फागुन

    मंगलवार बिहान भक्तपुरमा भेटिएको शव सनाखत हुन सकेको छैन । बिहान करिब ७:३० बजेको समयमा फेला परेको शव दिउसो १ बजेसम्म सनाखत हुन नसकेको हो ।

    भक्तपुर नगरपालिका वडा नं. २ स्थित वर्खेपाटीभित्र एक व्यक्ति मफलर (गम्छा) को पासो लगाई झुण्डिएको अवस्थामा फेला परेपनि पहिचान खुल्न नसकेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीले जानकारी दिए ।

    मृतक गहुँ गोरो बर्ण, पातलो शरिर, बाँया हातको चोरी औलाको फेदमा A लेखेको ट्याटु खोपेको, फ्रेन्च कट दाह्री काटेको, क्षेत्री बाहुन जस्तो देखिने अन्दाजी ३० बर्षको पुरुष व्यक्ति भएको डिएसपी गिरीले जनाएका छन् । शव पोस्ट मार्टमका लागि भक्तपुर अस्पतालमा राखिएको बताइएकाे छ ।

    साथै, माथि उल्लेखित हुलिया भएको मृतकको आफन्तजनहरु हाल सम्म पनि सम्पर्कमा नआएकोले कोही कसैले चिन्नु भएमा तुरुन्त महानगरीय प्रहरी परिसर भक्तपुरको मोवाइल नं. ९८५१२८३०२०, फोन नं. ०१-६६१४७०८ मा सम्पर्क गरी प्रहरी अनुसन्धान कार्यमा सहयोग गरिदिन समेत अपिल गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...