२०७७ फागुन २३ मा सर्वाेच्च अदालतको एक इजलासद्वारा गरिएको अप्रत्याशित फैसलाले कम्युनिष्ट आन्दाेलनमा ठूलाे तरंग ल्याएको छ । विशाल नेकपाकाे “विशाल नेता” मानिएका र पूर्व प्रधानमन्त्रीसमेत रहिसकेका पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल लगायतका नेताहरु यतिबेला स्तब्ध भएका छन् । त्यसमा पनि नेपाल र खनालको चेतना यतिबेला कमजोर देखिएको छ । तिर्मिराएकाे आँखा मिच्दै आफ्नै मूल पार्टीका नेता पुष्पकमल दाहालसंग थाेरैमात्र पनि परामर्श नगरी उनीहरु २४ गते बानेश्र्वरमा छुट्टै भेला गर्न पुगे । भेलामा उनीहरुले सर्वाेच्चकाे फैसलाद्वारा पूर्व पार्टीहरूकाे अस्तित्व जिवन्त भएकाे गलत निस्कर्ष निकाले । जाे सर्वथा गलत मात्र हाेईन, सर्वाेच्चकाे बेञ्चवाट बाचन गरिएकाे अन्यायसूर्ण फैसलालाई बैधानिकता दिने र केपीसंग अात्मसमर्पण वा अात्मघात गर्ने सम्मकाे बाटाे तय गर्याे ।
ओली लाेकतन्त्रमा हाेईन, अधिनायकवादमा बिश्वास गर्छन् ! अाेली अाफ्नाे लक्षमा पुग्न जस्ताेसुकै तानाशाही कदम उठाउन पनि हरपल तयार रहन्छन् ! अाेली राष्ट्रिय अन्तरविराेधकाे समाधान देशवासी मिल्नुमा हाेईन, केहीलाई “अराष्ट्रवादी” भन्ने नक्कली बिल्ला भिराऊदै साँच्चिकाे राष्ट्रवादी शक्तिलाई तर्साउँदै अाफ्नाे बाहुलीमा समेट्नुमा बिश्वास गर्छन्। अाेली जाति जनजातिलाई अधिकार सम्पन्न बनाएर हाेईन, अधिकार बिहिन बनाएर केवल शासक “जात”काे गुलाम बनाएर राष्ट्रिय एकताकाे अात्मरती लिन चाहान्छ । एउटा साच्चाे नश्लवादी सामन्ति साेचले ओतप्राेत अधिनायकवादीमा हुनुपर्ने गुण पर्याप्तमात्रामा थियाे । याे कुनै लुकेकाे/लुकाएकाे गुण वा चरित्र होइन, दिनकाे घाम झैं छ्यङ्गै देखिएकाे र उनैले देखाउँदै हिडेकाे शासकीय चरित्र थियाे । तर अाेली उत्पिडनकाे नाैधार्नी चाक्कु खाएरपनि नअघाएका माधव झलनाथ सर्वाेच्चकाे “कथित फैसला कार्यन्वयन” भन्दै करिव २ वर्षदेखी अाेलीकाे हाेलसेलकाे “लात्तीखाने पाट्नर” प्रचण्डलाई चटक्कै त्यागेर अाेलीकाे शरणमा साँसद पद र अाफैले राष्ट्रिय सभागृहवाट दागवत्ती गरेकाे एमालेकाे तत तत पद जाेगाईदिन भिख माग्न पुगे । याे हद दर्जाकाे राजनीतिक अपरिपक्वता थियाे । हद दर्जाकाे अधैर्यपनकाे उपज थियाे । एक अर्थमा भन्दा गाेरू दुहुनै गएका हुन् ….! लात्ती खाए, बाल्टीकाे पानीसमेत रित्तिएकाेमा चित्त अमिलाे पारिरहेका छन् ।
माअाेवादी अान्दाेलनकाे करिव अन्तिम ताका खासगरि डा.बाबुरामलाई ईंगित गरि भन्ने गर्थे, “मुख मुख क्रान्ति, घाँटी घाँटी प्रतिक्रान्ति !” अाेली कम्युनिष्ट अान्दाेलनका चालिसाैं बर्ष एमालेलभित्र लुकेर बसेका यही दर्जाकाे हरियाे साँप हाे जसले कम्युनिष्ट अान्लाेलनकाे त कुरै छाेडाैं बुर्जुवा गणतन्त्रसमेत पचाएकाे थिएन ! उनकाे सपना बिपना सबैतिर सामन्ति प्रभुत्वशाली रजगज मात्रै देखेका थिए । उनले गरेकाे राजनीतिक यात्रा केवल ज्ञानेन्द्रकाे ठाउँमा अाफुलाई राखेर हेर्ने बाहेककाे सामाजिक अार्थिक साँस्कृतिक रूपान्तरणमा अाफ्नाेपनि भूमिका खाेज्न कहिल्यै चासाे दिएन । तर पुर्वएमालेका माधव झलनाथहरूलाई याे कुरा देखाउँन घुच्चुकमै हान्नुपर्ने देखियाे । तर अझै बुद्धि पलाउला कि नपलाउला ….? जनजातिहरूलाई त “घुच्चुकमा हानेपछिबुद्धी पलाउँछ !” भन्ने चलन छ
उनीहरू कम्युनिष्ट भईसके वा बाहुन् नै छन् ? समयले बताउँला । कम्युनिष्ट भए घटनाद्वारा पाठ सिक्छन्, यदि बाहुन् नै छन् भने “हाम्राे कर्मै खाेटाे ….!” भन्दै पुर्पुराेमा हात हाल्दै बस्लान् ।
अाम न्यायकर्मी तथा तमाम राजनीतिक बृत्त अदालती फैसलाप्रति सन्तुष्ट छैनन् “माग्दै नमागेकाे कुरा दिनु अदालती न्याय बिधानमा नभएकाे !” भनिरहेका छन् । तर यसकाे निम्ति कानूनी उपायमा जानू भन्दा हतार हतार केपीसंग हात पसार्न जानू बिगत तीन बर्षदेखि अाेलीकाे अराजकताकाे बिरूद्ध अाफैले गरिरहेकाे बिधिसंगत न्यायीक अान्दाेलनकाे खिलाफ हाे भन्ने समेत बिर्सेर अाेलीकाे हरेक अपराधलाई “सातखत माफ भयाे केवल हाम्राे एमालेकाे पद जाेगाईदेउ ….!” भन्नू हद दर्जाकाे पदलाेलुपता हाे, हद दर्जाकाे राजनैतिक कच्चापना हाे । त्यसाे ह्वैनभने माधव झलनाथले जनसमक्ष जवाफ दिनुपर्छ के केपीकाे राजनैतिक अपराध बिना नै प्रचण्डले उचालेकै भरमा केपी बिराेधी बनेका हुन् ? अथवा सरकारी पारटीमा भएकाे बहसले करिव दुई बर्षदेखि देश अन्याैलकाे भूमरीमा छ, त्यसकाे जिम्मेवार केपीकाे अधिनायकवादी अकर्मन्यतालाई दिने कि ? उनीहरूकै गतिबिधिलाई जिम्मेवार मान्ने ? जसलाई केपीलमार्काले अराजकतावादी अाराेपित गरेका छन् ।
राजनीतिमा नैतिकताकाे ठूलै स्थान रहेकाे मानिन्छ । तर अाेली ग्याङ्ग यसलाई तुच्छ मान्दै शक्ति र सामर्थ्यकाे तुलनामा नैतिकता केही मान्दैनन् । त्यसैले त सर्वाेच्चले सर्मनाक पराजय भाेग्दापनि झन् बलियाे बनाईदिएकाेकुतर्कमा रमाईरहेका छन् ।तर माकुनेहरू त लामाे समयदेखि अाेलीकाे अराजकतावादकाे बिरूद्ध नैतिक अान्दाेलनमा थिए । यदि सैद्धान्तिक राजनीतिकाे अान्दाेलनमा नैतिक अादर्शकाे निम्ति शतिसाल झैं उभिने अाँट गरेकाे दावा गर्छन् भने फैसलाकाे बहानामा अाेलीसंगकाे अात्मसमर्पणले उनीहरूकाे दावाकाे खण्डन गर्छ । सामान्य हावाकाे झाेक्कापनि सहन नसक्ने नर्कट वा ढाेडकाे लाैरी सावित गर्छ, शतिसाल हाेईन ।
लंका दहनकर्ता हनुमानलाई अाफुमा अन्तर्निहित शक्तिकाे ऐहेसास जाम्मन्थले दिलाउनु परेकाे थियाे । के हाम्रा घगडान नेताहरूकाे पञ्चायत बिराेधी अान्दाेलनमा खेपेका अनेकाैं जाल झेल, सर्वसत्ताकाे प्रकाेप झेल्नसक्ने शाहास अरू कसैले देखाउनै पर्ने हाे त ? त्यस्ताे कलियुगका जाम्मन्थकाे भूमिकामा काे दर्ज हुन सक्छ ? तपाईं …? म … ? वा कुनै अदृश्य शक्ति वा तागत ?? के नेपाली नेताहरूकाे देशलाई स्वाधिन समृद्ध बनाउने सिर्जनशील तागतमा बन्ध्याकरण भएकै हाे ? ठूलाे चिन्ताकाे सवाल हाे याे । त्यसैले संछिप्तमा अागामी पाईला चाल्दा थाेरै समिक्षात्मक सुझाव प्रस्तुत गराैं !
१. केपीले अदालती निर्देशन भन्दै मसानवाट एमाले बिउँताएपनि त्याे मृत जिजिविशामात्रै हाे ! त्यसलाई नेकपाका कुनैपनि समाजवाद उन्मुख संविधान र जनताकाे जनवाद मान्ने नेकपाकाे बिधान मान्नेले बैधानिकता दिईनु हुन्न । यसले प्रचण्ड माधव हाेईन, अाेली चाेईटिएकाे प्रमाणित गराउनेछ ।
२. प्रचण्ड, माकुनेहरूले अदालतकाे अनाधिकृत फैसला बदर र क्षेत्राधिकार मिचेर उक्त फैसला गराउने न्यायाधिस समेत कानूनी दायरामा अाउने गरि तुरून्तै पुनरावेदन गर्न जाने ।
३. पुन: नेकपाकै बहुमतकाे बैठक बसेर नाम सच्याएर निर्वाचन अायाेगमा दर्ता गराउँदै बिगतमा चलिरहेकाे नेकपा बिभाजनकाे मुद्धालाई नयाँ नाममा चलाउँदै अाेली ग्यङ्गलाई कानूनी रिंगवाट गलहत्याउने ।
४. नेकपाकाे परिवर्तित नाममार्फत नै सत्ता समिकरणकाे पहल गरि अाेली ग्याङ्गलाई सत्तावाट बहिर्गमन गरि लाेकतान्त्रिक मर्यादा कायम गराउन अहम भूमिका निर्वाह गर्ने ।
५. निर्वाचन अायाेगमा रहेकाे मुद्धामा परिवर्तित नामले मान्यता पाएसंगै निर्वाचन चिन्हपनि बहुमत पुगेकै पक्षमा अाउँछ र स्थानीय निकाय देखि संघ र प्रदेश सम्मका अाफ्ना निर्वाचित नेताहरूकाे पद जाेगिनुकासाथै प्रतिगामी अाेली ग्याङ्ग एक्लिन्छ ।
६. अाेलीकाे सत्ता बहिर्गमनसंगै राष्ट्रपतिकाे मर्यादामा बस्न नसकेकाे अभियाेगमा विद्यादेवीलाई महाभियाेगकाे प्रस्ताव पारित गराई महान जनयुद्ध र जनअान्दाेलनकाे उपलब्धी जाेगाई स्थिर सत्ता प्रबन्ध गर्ने संबिधानकाे रक्षा गराअाेस् ।
७. यति कार्य गराउनकाे निम्ति सडक अान्दाेलनकाेपनि साहारा लिनैपर्ने हुन्छ, उपर्युक्त बिषय चयन गरेर नागरिकहरूलाई राजनैतिक रूपमा सचेत र पार्टीकाहरू अाफ्ना निर्णयहरूलाई दुरदर्सी र चिरस्थाई बनाउन कुनै राजा महाराजाकाे अादेश परमादेशकाे स्वार्थ मिल्नेगरि, बिध्यमान कानूनकाे बर्खिलाप हुनेगरि कसैकाे अंकुशप्रतिकाे असैह्यता प्रदर्शन गरि साँच्चैकाे नागरिक सर्वाेच्चता कायम गराउन लागाेस् । किनकी अाम देशवासीहरूलाई स्वतन्त्रताकाे प्रत्याभूति दिलाउने पार्टी अाफै अदालती अप्राकृतिक अँकूसकाे सिकार बन्छ भने अाम नागरिककाे अवस्था कस्ताे हुन्छ ?
८. त्यसैले अलाेकतान्त्रिक अाधारवाट उचािएका अाेलीले झैं पूर्व पार्टी बिउझाउन प्रचण्ड लाग्नु लाेकतन्त्रमा कानूनि राज र सार्वभाैमसत्ता जनतामा निहित जनताकाे अधिकारमाथि पुन्ह निरंकूसताकाे शुभारम्भलाई पुर्णत तिरस्कार गर्नुपर्छ ।
९. कुनै किन्तु परन्तु नभनी तदारूकताकासाथ यसाे गर्नेहाे भने माधव, झलनाथ, बामदेव, देखि प्रचण्डमात्र नभई सिंगै लाेकतन्त्र जाेगिन्छ । नत्रभने किस्ता किस्तामा माधव समूहलाई निल्दै अाेकल्दै जान्छ, लाेकतन्त्रका हरेक उपलब्धी दिन दुगुना रात चाैगुना मिचिंदै जान्छ हामी क्रमस शक्तिहिन हुंदै अन्जानकाे हाेईन जानाजानकाे अनिच्छित मृत्यूवरण गर्न बिवस हुनेछाैं । नेताहरूकाे जाे मर्जी ….!
यति कार्य गर्न सकेमा लाेकतान्त्रिक गणतन्त्रकाे स्थायित्वमा कुनै संसय गर्नुपर्ने अवस्था अाउँदैन ।
राजनीति सत्ताकाे छिनाझपटीकाे लागि हाेईन, बिकास निर्माणकाे प्रतिस्पर्धाकाेलागि हुनेछ र देश सुन्दर शान्त मात्र नभई सक्षम, सबल, स्वाभिमानी पनि हुनेछ । नत्र भने पद प्रतिष्ठाकाे लडाईंमा अाेलीगामी जाली झेली प्रतिकृयावादीहरूकाे हरेक साँझ बिहान लात्ती खाँदै एकान्तमा सराप्दै भुत्भुताउनु वाहेक अन्य काम नेता भनिएकाहरूले पाउने छैनन् । देशले सुन्दर शान्त हाेइन, रगतकाे समुन्द्र र हाडखाेरले समुन्नत नेपाल छिट्टै देख्न पाईने डर छ । नागरिकले केही वर्षमा केपीकाे हालकाे नश्लवादी सामन्ती नीति निर्णयकाे परिणाम अधिकारवीहिन, दब्बु, दिनहिन सन्तती पाउनेछ । यसले सन्तानकाे लागि अभिभावक बाझ र अभिभावककाे लागि सन्तान अभिसाप बन्ने निश्चित छ । धन्यवाद !