News Portal

  • नेक्राविसंघ काठमाडौं उपत्यका क्याम्पस परिचालन समितिकाे अध्यक्षमा न्यौपाने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २९ फागुन २०७७
    ८९७ पटक
    भक्तपुर, २९ फागुन २०७७

    नेपाल क्रान्तिकारी विद्यार्थी संघ तेस्रो काठमाडौं उपत्यका क्याम्पस सम्मेलन तयारी समितिको आयोजनामा उपत्यका स्तरीय विद्यार्थी भेला शनिबार भक्तपुर क्याम्पसमा सम्पन्न भएकाे छ ।

    शनिवार सम्पन्न भएको उपत्यका स्तरीय विद्यार्थी भेलामा नेपाल मजदुर किसान पार्टीका वैकल्पीक केन्द्रीय सदस्य राजेन्द्र चवालले नेमकिपा संसदको चलखेलमा कहिल्यै नलागी देश र जनतालाई केन्द्रमा राखेर आफ्ना नीति तथा कार्यक्रमहरु अघि बढाउँदै आएको कुरा व्यक्त गरे । उनले नेपालका शासक दलहरुले शक्तिशाली राष्ट्रहरुको शक्तिको आडमा राज्यकाे  पुनर्संरचना गरेको हुनाले नेपालको आन्तरिक राजनीतिमा अस्थिरता आएको विचार पनि व्यक्त गरे ।

    कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष सबिन ख्याजुले क्याम्पस राजनितिमा नेक्राविसंघको भूमिका विषयमा बोल्दै  नेक्राविसंघले विश्वविद्यालय तहसम्म शिक्षा निःशुल्क र अनिवार्य हुँनुपर्ने मुद्दा अघि सार्दैे आएको अवगत गराए । अध्यक्ष ख्याजुले गलत साहित्यले अवसरवादी जन्माउने हुँदा प्रशिक्षण तथा नियमित कक्षाहरुको आवश्यकतालाई जोड दिएका थिए ।

    उक्त भेलाबाट तारा न्यौपानेको अध्यक्षतामा १४ सदस्यीय कार्य समिति  गठन भएको बताइएकाे छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...