News Portal

  • भक्तपुर नगर स्तरीय भलिबल प्रतियोगिताको फाइनल चैत्र १ गते

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २९ फागुन २०७७
    ८१९ पटक
    भक्तपुर, २९ फागुन २०७७

    भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालित अन्तर नगर बुद्धिचाल प्रतियोगिता एवं नगरस्तरीय खेलकुद प्रतियाेगिता उद्घाटन संगै शनिवार केहि खेलहरु शुरु भएका छन् ।

    विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत १ नं. वडा समितिको आयोजनामा सहिद स्मृति खेल मैदानमा  भलिबल प्रतियोगिता भएको छ ।

    प्रतियोगिताको छात्रतर्फकाे राउण्ड रविन (लिग)को खेलमा क्रमशः पद्म माविले वागेश्वरी माविलार्ई २५–१३, २५–२० ले, ख्वप माविले बासु माविलाई २५–२१, २५–१४ले, पद्म माविले बासु माविलाई २५–१३, २५–१२ले, ख्वप माविले बागेश्वरी माविलाई २५–१९, २५–२० ले पराजित गरेको थियो भने छात्रा तर्पmको राउण्ड रविन (लिग) को खेलमा क्रमशः वागेश्वरी माविले हिमालयन ग्लोरी माविलाई २५–९, २५–१४ ले, पद्म माविले ख्वप माविलाई २५–१६, २५–१७ले, पदम माविले वागेश्वरी माविलाई २५–११, २५–११ ले, ख्वप माविले हिमालयन ग्लोरीलाई २५–९, २५–८ ले पराजित गरेको छ ।

    भलिबल प्रतियोगितामा ४ वटा समूहको टोली मध्ये लिग चरणको बाँकी खेलहरु चैत्र १ गते विहान ८ बजेबाट छात्र तर्फ वागेश्वरी मावि र बासु मावि तथा पद्म मावि र ख्वप माविबीचको खेल हुनेछ भने छात्रा तर्फ हिमालयन ग्लोरी मावि र पद्म मावि तथा वागेश्वरी मावि र ख्वप माविबीचको खेल हुनेछ । भलिबल प्रतियोगिताको फाइनल चैत्र १ गते दिनको १ः०० बजे हुने आयोजक समितिले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...