News Portal

  • खेलको माध्यमबाट आफुलाई परिचित बनाउन अझ बढी मिहेनत र लगनशीलताको खाँचो-नगर प्रमुख प्रजापति

    एथ्लेटिक्स प्रतियोगिता सम्पन्न

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २ चैत्र २०७७
    ९६३ पटक
    भक्तपुर, २ चैत्र २०७७

    भक्तपुर नगरपालिका वडा नं. ७ को आयोजनामा महेश्वरी खेलमैदानमा भएको नगरब्यापी विद्यालयस्तरीय एथ्लेटिक्स प्रतियोगिता सोमबार सम्पन्न भयो । एथ्लेटिक्स प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै नगर प्रमुख सुनिल प्रजापतिले खेलकुदलाई अनुशासनसँग तुलना गर्दै उहाँले खेलको माध्यमबाट आफुलाई परिचित बनाउन अझ बढी मिहेनत र लगनशीलताको खाँचो रहेको कुरा बताए । खेलाडीहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको खेलहरुमा भाग लिई देशकै गौरब बढाउनुपर्ने कुरालाई मेयर प्रजापतिले जोड दिए ।

    प्रतियोगितामा ६० मीटर दौड प्रतियोगिताको छात्रततर्फ रोहित तामाङ (गणेश मावि), अभ्यास बस्नेत (प्रभात ई स्कूल) र अनिल तामाङ (समाज सुधार मावि) क्रमशः प्रथम,द्वितीय र तृतीय भएका थिए भने छात्राततर्फ सोही विधामा श्रीतृ ग्वाछा (सूर्योदय मावि), सविना श्रेष्ठ (प्रभात ई. स्कूल) र निरुता तामाङ (प्रोक्सिमा इन्टरनेशनल) क्रमशः प्रथम, द्वितीय र तृतीय भए ।

    त्यस्तै ,१५०० मीटर दौड प्रतियोगिताको छात्रतर्फ रोनिश लासिवा (प्रभात ई. स्कूल), मुन्ताज मोहम्मद (गणेश मावि) र कृजल फाँजु (जेसीस् ई. स्कूल) क्रमशः प्रथम,द्वितीय र तृतीय भएका थिए भने छात्रातर्फ सोही विधामा दिया दनुवार (वागीश्वरी मावि), मनिषा मानन्धर (वागीश्वरी मावि) र रिमा तामाङ (गणेश मावि) क्रमशः प्रथम, द्वितीय र तृतीय भए ।

    ३०० मीटर दौड प्रतियोगितामा  भने विश्वराम कुँवर (गणेश मावि), लाल बहादुर थापा (वागीश्वरी मावि) र अजय क्षेत्री (बासु मावि) क्रमशः प्रथम,द्वितीय र तृतीय भएका थिए भने छात्राततर्फ सोही विधामा छात्रातर्फ स्वागता खाइजु (जेसीज् ई. स्कूल), स्वस्तिका कर्माचार्य (जेसीज् ई. स्कूल) र निशा ब्लोन (गणेश मावि) क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...