News Portal

  • सटपुट र ज्याब्लीन थ्रो सम्पन्न

    अनिल श्रेष्ठ२०७७ चैत्र २ गते, सोमबार
    १९५७ पटक
    २०७७ चैत्र २ गते, सोमबार

    २९ फागुन देखि सञ्चालित विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत आज सटपुट र ज्याब्लीन थ्रो सम्पन्न भयो । प्रतियोगितामा सटपुट छात्रततर्फ  डिबास विक्रम शाही (प्रभात ई. स्कूल) प्रथम, अर्जुन मानन्धर (वागीश्वरी मावि) द्वितीय र रवि वाडी (वाईज ल्याण्ड ई. स्कूल) तृतीय हुन सफल भएको थियो । सटपुट छात्रातर्फ कविता डाँगी (वाईज ल्याण्ड ई. स्कूल) प्रथम, स्वागता खाइजु (जेसीस् ई. स्कूल) द्वितीय र रुविसा सितिखु (प्रभात ई. स्कूल) तृतीय हुन सफल भए ।

    ज्याब्लीन थ्रो छात्रतर्फ अर्जुन मानन्धर (वागीश्वरी मावि) प्रथम, नेत्र सुनार (जेसीस् ई. स्कूल) द्वितीय र अमन माझी (समाज सुधार मावि) तृतीय भए भने ज्याब्लीन थ्रो छात्रातर्फ निशा ब्लोन (गणेश मावि) प्रथम, स्वस्तिका कर्माचार्य (जेसीस् ई. स्कूल) द्वितीय र प्रिति प्रधानाङ्ग (वाइजल्याण्ड ई. स्कूल) तृतीय हुन सफल भए ।

    प्रतियोगितामा सटपुट र ज्याब्लीन थ्रो विधामा उत्कृष्ट खेलाडीहरुलाई आज पुरस्कार वितरण  सहित सम्मान गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...