भक्तपुर नगरपालिकाद्धारा आयोजित अन्तर नगरपालिका बुद्धिचाल प्रतियोगिताको चौथौ र पाँचौ चरणका खेलहरु आज सम्पन्न भएको छ । प्रतियोगितामा हेटौडा उप-महानगरपालिकाले चार जीत र एक बराबरी खेलेर ९ अंकका साथ एक्लै शिर्ष स्थानमा राख्न सफल भएको छ ।
हेटौडाले चौथौं खेलमा ललितपुर महानगरलाई ३—१ अंकले हराउन सफल भयाे भने पाँचौंमा दमकसंग बराबरी खेलेकाे हाे ।
चारदिने प्रतियोगितामा काठमाण्डौ, ललितपुर र दमक नपा समान ८ अंकका साथ संयुक्तरुपमा दोस्रो स्थानमा छ । ललितपुरले पाँचौ चरणमा टोखालाई ३—१ अंकले माथ गरेकाे छ भने काठमाण्डाैले चौथौंमा मेचीनगर र पाँचौमा भक्तपुरकाे बि टिमलाई समान २.५—१.५ अंकले पराजित गरेकाे छ । त्यस्तै दमकले चौथौ चरणमा भिमेश्वर नपालाई ३.५—०.५ अंकले पछाडि पार्न सफल भयाे ।
स्वीस लिग (७ राउण्डको खेल हुने) प्रतियोगितामा भक्तपुर नपाका दुबै टिम, टोखा र गोकर्णेश्वर नपा समान ६ अंकका साथ संयुक्तरुपमा तेस्रो स्थानमा छन् । मंगलबार अन्तर नगरपालिका बुद्धिचाल प्रतियोगिताका बिजयीहरुलाइ पुरस्कार वितरण र प्रतियाेगिता समापनकाे कार्यक्रम तय गरिएकाे छ ।