News Portal

  • नेपाल दक्षिण एसियाकै खुसी मुलुक

    २०७७ चैत्र ८ गते,आइतबार
    ४४८ पटक
    २०७७ चैत्र ८ गते,आइतबार

    नेपाल विश्वमा खुसी भएका देशहरुको सूचीमा ८७ औँ स्थानमा परेको छ । राष्ट्रसंघीय दिगो विकास परियोजनाले शुक्रबार सार्वजनिक गरेको विश्व खुसी रिपोर्ट (वर्ल्ड ह्याप्पिनेस रिपोर्ट–२०२१) को सूचीमा नेपाल ८७ औं स्थानमा परहेको हो । उक्त अध्ययन अनुसार नेपाल यसपटक दक्षिण एसियाकै खुसी मुलुक बन्न सफल भएको हो । नेपालको छिमेकी मुलुक भारत १३९ औँ स्थानमा, चीन ८४ औँ स्थानमा छ, पाकिस्तान १०५ औँ स्थानमा र बंगलादेश १०१ औँ स्थानमा छन् ।

    विगत तीन वर्षमा गरिएको सर्वेक्षणका आधामा खुसी देशहरुको सूची निकालिएको हो। स्वस्थकर औसत आयु, सामाजिक सुरक्षा, सामाजिक स्वतन्त्रता र भ्रष्टाचारको अवस्थालाई अध्ययनको सूचक मानिएको छ। अध्ययनले विशेष गरेर कोरोना महामारीले जनजीविकालाई पारेको असरमा जोड दिएको थियो।

    सन् २०२० मा ९२ औँ स्थानमा रहेको नेपाल सन् २०२१ मा ५ स्थान माथि उक्लिएर  ८७ औँ स्थानमा पुग्न सफल भएको छ । नेपालले १० मा ५.२६९ अंक प्राप्त गरेको छ । त्यसअघि सन् २०१९ मा नेपाल १०० औँ स्थानमा थियो।

    सूचीअनुसार विश्वकै सबैभन्दा खुसी मुलुक फिनल्यान्ड पहिलो नम्बरमा छ। फिनल्यान्डपछि क्रमशः डेनमार्क, स्वीटजरल्यान्ड, आइसल्यान्ड, नेदरल्यान्ड्स, नर्वे, स्वीडेन, लक्जेम्बर्ग, न्यूजिल्यान्ड र अष्ट्रिया छन्। उत्कृष्ट दशभित्र युरोपबाहिरबाट न्यूजिल्यान्ड मात्र अटाएको छ।

    अफनिस्थान १४९ औँ स्थानमा परेको छ। सूचीमा विश्वको शक्तिशाली राष्ट्र मानिने अमेरिका १९ औँ स्थानमा छ ।

    यस्तो छ वर्ल्ड ह्याप्पिनेस रिपोर्ट–२०२१

    प्रतिकृया दिनुहोस्

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...

    आशापुरीमा झ्याङ्छुप छ्योर्तेन स्तुपा र बुद्धपार्कको उद्घाटन

    भक्तपुरको सूर्यविनायक- ८ संगै जोडिएको काभ्रेको बनेपा-१४ आशापुरीमा श्री झ्याङ्छुप छ्योर्तेन स्तुपा र बुद्धपार्कको उद्घाटन...

    बिमान दुर्घटनामा सूर्यविनायक नगर अस्पतालका निर्देशक बर्माको भाइको निधन

    बुधवार बिहान त्रिभुवन बिमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी १८ जनाको ज्यान गएको छ...

    सौर्य एयरलाइन्स विमान दुर्घटना: १५ जनाको गयो ज्यान, ४ को जिवितै उद्धार

    सौर्य एयरलाइन्सको विमान दुर्घटनामा चार जनाको उद्धार गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ । उद्धार...

    बानियाँलाई परास्त गरेका बहादुरसिंह बने काँग्रेसबाट बागमतीमा पहिलो मुख्यमन्त्री

    बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख यादव चन्द्र...