News Portal

  • भक्तपुरमा नयाँ अस्पतालद्वारा सेवा शुरु

    अनिल श्रेष्ठभक्तपुर, १२ चैत
    ३०५८ पटक
    भक्तपुर, १२ चैत

    भक्तपुरमा थप १५ शैय्याका साथ एउटा नयाँ अस्पताल सुरू भएको छ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं.३ कौशलटारमा भक्तपुर इन्टरनेशनल हस्पिटल प्रा. लि. संचालनमा आएको हो ।

    यहि फागुन २३ गतेबाट सो स्थानमा संचालनमा आएको हस्पिटलले आज गरेको पत्रकार सम्मेलनमा अस्पताल संचालन समितिका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले भक्तपुरको थप सेवाको गर्नको लागि अस्पताल सुरू गरेको बताए । हाल १५ शैय्याको स्वीकृति लिएर ५० शैय्यासम्म पुर्‍याउने लक्ष्यसाथ अघि बढेको अध्यक्ष श्रेष्ठले बताए ।

    ६७ जना चिकित्सकहरूको टोलीका साथ संचालनमा आएको बताउँदै अस्पताल संचालक अशोककुमार श्रेष्ठले भक्तपुरमा अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा दिनका लागि हस्पिटल संचालनमा ल्याइएको जिकिर गरे ।

    सम्मेलनमा हाड तथा नशा रोग विशेषज्ञ डा. रामकृष्ण श्रेष्ठले भक्तपुरमा स्वास्थ्य विषयलाई अझ व्यापक बनाउन, अत्याधुनिक सेवा दिनका लागि र काठमाडौंसम्म गई उपचार खोज्नुपर्ने बाध्यता हटाउन हस्पिटल संचालनमा ल्याईएको जानकारी दिए ।

    हस्पिटलमा हाड, जोर्नी तथा नशा रोग उपचार सेवा, स्त्रीरोग उपचासेवा, बालरोग, दन्तरोग, चर्म तथा यौन रोग, मस्तिष्क तथा स्नायु रोग, नाक, घाँटी रोग, मुटु रोग, आँखा रोग, मानसिक रोग उपचार सेवाहरूसँगै जनरल फिजिसियन सेवा, सर्जरी सेवा, डिजिटल ल्याब सेवा, डिजिटल एक्सरे सेवा, भिडियो एक्सरे सेवा, इसिजी तथा इको सेवा र फिजियोथेरापी सेवा रहेको अस्पतालले जनाएको छ ।

    स्वास्थ्यलाई प्राथमिकता दिएर ठाउँठाउँमा पोलिक्लिनकको व्यवस्था गरि गाउँगाउँमा सहज रूपमा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्य रहेको समेत उल्लेख गर्दै डा. श्रेष्ठले सरकारले मात्रै स्वास्थ्य सेवालाई थेग्न नसकेको अवस्था चिरी निजी तवरबाट पनि स्वास्थ सेवा पुर्याउने लक्ष्य साकार बनाउन लागेको बताए ।

    अस्पतालका संचालक ज्ञानकृष्ण श्रेष्ठले अस्पतालले गर्न लागेको शिविरबारे जानकारी दिँदै अनाथ, असहाय, ज्येष्ठ नागरिक, पत्रकारलगायतलाई विशेष सहुलियत दिइने बताए । उनले स्वास्थ्य सेवा सहज बनाउन बालबालिका सम्बन्धि, महिला सम्बन्धि सेवासहित ९ वटा प्याकेजको बन्दोबस्त गरेको जनाए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...