News Portal

  • नेपाल क्रान्तिकारी विद्यार्थी संघको राष्ट्रिय भेला सम्पन्न

    अनिल फोजूकाठमाडौं, १४ चैत्र
    २०८४ पटक
    काठमाडौं, १४ चैत्र

    नेपाल क्रान्तिकारी विद्यार्थी संघको केन्द्रीय भेलाले केन्द्रीय समितिका प्रकाश गुरुङ्गको संयोजकत्वमा १३ औं राष्ट्रिय सम्मेलन तयारी समिति गठन गरेको छ ।

    राष्ट्रिय भेलाको बन्द सत्रमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले विद्यार्थीहरुको जिम्मेवारीको विषयमा बोल्दै विद्यार्थीहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनैतिक विषयमा जानकार हुनुपर्नेमा जोड दिए । सांसद सुवालले नेपालको गलत नक्सा भारतले छाप्ने भएकाले अतिक्रमित भूमिबारे भ्रम सिर्जना भएको बताए । त्यस्तै उनले
    प्रतिक्रियावादी साहित्यले जनताको मुद्दालाई नसमेट्ने हुनाले विद्यार्थीहरुले माक्र्सवादी साहित्यको अध्ययनमा निखारिनुपर्ने बताए । उनले वर्गशत्रुहरुले किसान र मजदुरका छोराछोरीहरुलाई हरेक क्षेत्रमा बाधा हाल्ने बताउदै विद्यार्थी सचेत र संगठित गर्नुको विकल्प नभएको बताए ।

     

     

    भेलामा नेमकिपा केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले वर्गशत्रुहरुको निन्द्रा हराम गर्ने काम क्रान्तिकारीहरुले गर्ने भएकाले सैद्धान्तिक प्रशिक्षणमा जोड दिन आग्रह गरे ।
    अतिथि प्रजापतिले भक्तपुर नगरपालिकाले जस्तै देशभरका अन्य स्थानीय तहले पनि शैक्षिक संस्था खोल्ने र स्वास्थ्य सेवा उपलब्ध गराउन सके नेपाली जनताको जीवन सहज हुने औंल्याउदै अन्य स्थानीय तहका जनप्रतिनिधिहरु भक्तपुर नगरपालिकाको भ्रमणमा आइरहेको जानकारी गराए । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वागमती प्रदेश सदस्य सुरेन्द्रराज गोसाईले अध्ययनलाई व्यवहारमा रुपान्तरण गर्दै सांगठनिक सक्रियतालाई व्यापकता दिनुपर्नेमा जोड दिनुपर्ने कुरा बताए ।

    नेमकिपा केन्द्रीय सदस्य एवं नेमकिपा काठमाण्डौ जिल्ला अध्यक्ष नारायण महर्जनले युवा विद्यार्थीले कामदार जनतालाई सचेत र संगठित पार्ने काममा सक्रिय हुनुपर्ने कुरा बताए ।

    भेलामा नेक्राविसंघका केन्द्रीय अध्यक्ष सबिन ख्याजूले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन, सचिव रमेश प्रजापतिले प्रस्तुत गरेको गतिविधि प्रतिवेदन र कोषाध्यक्ष आर.जी.ले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन म संशोधनसहित पारित गरियो । त्यस्तै, संघका उपाध्यक्ष प्रकाश गुरुङ्गले प्रस्तुत गरेको भावी नीति तथा कार्यक्रम र राष्ट्रिय र अन्तराष्ट्रिय प्रस्तावहरु संशोधनसहित पारित गरिएको सहभागी एक सदस्यले जनाएका छन् ।

    भेलाको बन्दसत्रले प्रकाश गुरुङ्गको संयोजकत्वमा २४ सदस्यीय नेपाल क्रान्तिकारी विद्यार्थी संघ १३ औं राष्ट्रिय सम्मेलन तयारी समिति गठन गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...