News Portal

  • एसपी थापाले पक्राउ गर्न आदेश दिएपछि वडाध्यक्षसहित तीन फरार

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १६ चैत
    ४६१४ पटक
    भक्तपुर, १६ चैत

    चाँगुनारायण नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष जयन्द्र खड्का फरार भएका छन् । जनताका प्रतिनिधि भनिएका ब्यक्तिले नै जनतालाई कुटपिट गर्दै हिडेपछि उनी फरार हुनु परेको हो ।

    गत शनिबार राति उनीसहित तीनजना मिलेर स्थानीय ब्यवसायी लक्ष्मण खिचाजुलाई मणरासन्न हुनेगरी  कुटपिट गरेको प्रहरीमा उजुरी परेपछि घटनामा संलग्न भनिएका वडाध्यक्ष खड्कासहित तीनैजना फरार भएका हुन्  । स्थानीय वडाध्यक्ष खड्कासहित चानपा ७ वागेश्वरीका प्रकाश लामिछाने र पूर्व सैनिक जवान विश्व खड्का कुटपिटमा संलग्न रहेको पीडित परिवारले जनाएको छ । कुटपिट पछि बेहोस भएका खिचाजुलाई भक्तपुर इन्टरनेसनल अस्पतालमा भर्ना गरिएको छ । कुटपिटको कारण बिरामीको घाँटीमा समस्या हुनुको साथै खाना खान र पानी निल्न समेत गाह्रो भएको घाइते परिवारले जानकारी दिएको छ ।

    पीडित परिवारले  आइतबार वडाअध्यक्ष लगायत तीनजना विरुद्ध महानगरीय प्रहरी परिसर भक्तपुरमा जाहेरी दर्ता गराएको प्रहरीले पुष्टि गरेको छ । जाहेरीमा वडा अध्यक्ष लगायत कुटपिटमा संलग्नहरुलाई तत्काल पक्राउ गरि कडा कारबाही गर्नुपर्ने माग गरिएको बताइएको छ ।

    घटनाको विवरण यस्तो छ

    शनिवार करिव १ बजेतिर पिखेलस्थित लक्ष्मण खिचाजूको हार्डवेयर पसलपछाडि आफुहरुले चढेर आएको गाडी पार्किङ्ग गरेर पिके खाजा घरमा छिरेको थिए । गाडी अव्यवस्थित पार्किङ्ग गरेर भित्र छिरेका वडा अध्यक्षको टोली धेरै समयसम्म बाहिर ननिस्केपछि सामानसहितको गाडि पसल अगाडि पार्किङ्ग गरेर लक्ष्मण खिचाजू घरतर्फ लागे । घरमा पुगेपछि बडाअध्यक्ष खड्काले गाडी फुटाइदिउँ कि गाडि हटाउने भनेर धम्की दिए ।

    त्यसपछि लक्ष्मण खिचाजू र उनका भाइ गाडी हटाउन पसल अगाडी पुगे । पसल अगाडी पुगेपछि निज खिचाजूले अङ्कल आफ्नै पार्किङ्गमा राखेको मेरो गाडी किन फुटाउने भनी सोध्दा एक्कासि वडा अध्यक्षले घाँटी समातेर कुटपिट गर्न थाले र उनको साथमा रहेका पुर्व सैनिक विश्व खड्का र प्रकाश लामिछानेले टाउको र मुखमा हिर्काएर बेहोस बनाएको पीडित खिचाजूले बताए ।

    यस अघि पनि वडा अध्यक्षको दादागिरी

    केहि समय अगाडि छालिङ्गस्थित दोभान खानेपानीको बोरिङ्गमा काम गर्न आएका मजदुरलाई पनि वडा अध्यक्ष खड्का र प्रकाश लामिछानेले कुटपिट गरेका थिए । त्यस्तै जग्गाको विवादमा पनि हरिकृष्ण लागेजूलाई पनि कुटपिट गरेका थिए । बाटोका सम्बन्धमा विवाद हुँदा गैंडाटोलका प्रविन गैडालाई पनि कुटपिट गरेको हो । केहि समय अघि पनि वडाध्यक्षले आफ्नै इलाकामा कुटपिट गरेका व्यक्ति राजस्व अनुसन्धानका कर्मचारी परेपछि प्रहरी परिसरमा न्यायका लागि पुगेका थिए तर, प्रहरीले जवर्जस्ती मिलापत्र  गराइ दिएको थियो ।

    वडाध्यक्षको गतिविधिबाट प्रहरी पनि आजित 

    वडाध्यक्ष खड्काले यस पटक भने उन्मुक्ति नपाउने महानगरीय प्रहरी परिसर भक्तपुरका एक प्रहरी निरीक्षकले भक्तपुर पोस्टलाई  जानकारी गराएका छन् । एसपी तारादेवी थापाले वडाध्यक्ष सहित घटनामा संलग्नलाई पक्राउ गर्न आदेश दिएको उनले दावी गरे । उनका अनुसार एसपी थापा समेत वडाध्यक्षको गतिविधिबाट आजित बनेकी छन् । पटकपटक उनलाई बचाउदा प्रहरी प्रति जनताको विश्वास घट्ने भन्दै उनले यस पटक पक्राउ गर्न आदेश दिएकी हुन् । “राजनीतिक दबाब छ तर एसपी सा’ब कडारुपमा प्रस्तुत हुनुभएको छ ।” परिसरका एक प्रहरी निरीक्षकले नाम नबताउने सर्तमा भने । उनले पक्राउ गर्न प्रहरी परिचालन भएको तर आरोपितहरु भक्तपुर जिल्लामै नभएको जिकिर गरे ।

    प्रतिकृया दिनुहोस्

    सांसद सन्तोष परियार रास्वपाको केन्द्रीय सदस्य मनोनित

    santosh pariyar rabi

    भक्तपुरका नेता तथा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतकसमेत रहेका सांसद सन्तोष परियार पार्टीको केन्द्रीय समितिमा...

    स्पा सेन्टरका संचालक पौडेल पक्राउ

    रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तीमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका-९ रातोपुलस्थित नुवाकोट व्यूटी पार्लर एण्ड स्पा सेन्टरका...

    भक्तपुर नगरपालिकाले सम्पूर्ण लागत आफै व्यहोर्ने गरी बनाउँदैछ थन्थु दरवार

    पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाड्डको नेत्रित्वामा आएको एक टोलीले भक्तपुर नगरपालिकाको पुरानो नगरपालिका भवन रहेको...

    भक्तपुर केन्द्रबिन्दु भएर भूकम्प

    भक्तपुरमै केन्द्रबिन्दु गरी भूकम्प गएको छ । भक्तपुरको पलाँसे आसपास केन्द्रबिन्दु भएर मंगलवार राति करिब...

    गीत संगीतले संदेश दिन सक्नुपर्छ : सुनिल प्रजापति

    sunil prajapati bhaktapur

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गीत संगीतले समाजलाई संदेश दिन सक्नुपर्ने प्रष्ट पारेका छन् ।...