News Portal

  • बालमैत्री स्थानीय शासनका लागि चाँगुनारायणमा अभिमुखीकरण कार्यक्रम

    अनिल श्रेष्ठ / भक्तपुर पोस्ट भक्तपुर,२० चैत
    ९२४ पटक
    भक्तपुर,२० चैत

    भक्तपुरको चाँगुनारायण नगरपालिकाले बालमैत्री स्थानीय शासन नीतिगत अवलम्बन तथा घोषणासम्बन्धी नगरस्तरीय अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

    नगरपालिकालाई बालमैत्री नगरको रुपमा स्थापित गराउन स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायलाई नगरस्तरीय दुई दिने अभिमुखीकरण सञ्चालन गरेको हो । पालिकाले आफ्नो नगरभित्रका सबै संघ संस्था तथा क्षेत्रहरुलाई बालबालिका अनुकुल बनाउनको लागि नगरभित्रका सम्पूण संघसंस्था तथा स्थानीय नागरिकहरुलाई अभिमुखीकरण गरेको हो ।

    दुई दिने अभिमुखीकरण कार्यक्रम चैत १९ र २० गते सञ्चालन हुने छ । महिला तथा बालबालिका शाखा प्रमुख नीला घिमिरेले नगरलाई बालमैत्री बनाउने उदेश्यले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको बताइन । उनका अनुसार नगरपालिकाले आगामी ८ महिनाभित्र चाँगुलाई बालमैत्री नगरको रुपमा स्थापित गरिने त्यसको लागि आवश्यक तयारी समेत हुनेछ ।

    नगरप्रमुख सोमप्रसाद मिश्रले नगरपालिकालाई बालमैत्री नगरको रुपमा स्थापित गर्ने आफ्नो सपना रहेको उल्लेख गरे । विकास भौतिक पूर्वाधारमा मात्रै हुदैन । यहाँको सामाजिक, मानसिक र विविध पक्षमा पनि गर्न आवश्यक छ । सोही अनुरुप हामीले बालमैत्री नगर बनाउने उदेश्य लिएका हौ । उनले भने, बालमैत्री नगर बनाउन कार्य ढिला भइसकेको महसुस मैले गरेको छु । अव आवश्यक तयारी गरी चाँडै बालमैत्री नगरको रुपमा घोषणा समेत गर्ने छौँ ।

    कार्यक्रममा नगरभित्र सञ्चालनमा रहेका विद्यालयका प्रधानाध्यापक, गैरसरकारी संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, उद्योग सञ्चालकहरु समेत रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...