News Portal

  • पत्रकार महासंघ भक्तपुरको निर्वाचन ऐतिहासिक : सिंगो कार्यसमिति नै निर्विरोध निर्वाचित

    बाबुराम दाहाल / भक्तपुर पोस्ट भक्तपुर, २३ चैत
    १३५२ पटक
    भक्तपुर, २३ चैत

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले आफ्नो नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । कार्यसमितिका पदाधिकारी मात्र नभई सिंगो कार्यसमिति नै निर्विरोध निर्वाचित भएको हो ।

    आइतवार उम्मेद्वारी दर्तामै ३ पदाधिकारीका विरुद्ध कुनै पनि उम्मेद्वारी परेको थिएन भने सोमबार अन्य पदका उम्मेदवारहरुले पनि उम्मेद्वारी फिर्ता लिएपछि सिंगो कार्यसमिति नै सर्वसम्मत चयन भएको हो ।

    २५ चैतमा सम्पन्न गर्ने निर्वाचन तालिका भएपनि भक्तपुरमा भने सर्वसम्मत भएपछि निर्वाचन समितिले निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ । सोमबार एक सूचना सार्वजनिक गर्दै निर्वाचन समितिले भक्तपुर शाखाको निर्वाचनबाट सम्पूर्ण कार्यसमिति नै निर्विरोध निर्वाचित भएका घोषणा गरेको हो ।

    नयाँ कार्यसमितिमा जगत प्रजापतिको नेतृत्वमा १८ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । कार्यसमितिका उपाध्यक्ष सुन्दर सिल्पकार, सचिव संजीप घिमिरे (संजीप शुभचिन्तक), सहसचिव (समावेशी) सुमन श्रेष्ठ र कोषाध्यक्ष विनोद कोजु यस अघि नै निर्विरोध निर्वाचित भैसकेका थिए । आइतवार उनीहरु विरुद्ध कसैले पनि उम्मेद्वारी दर्ता गराएका थिएनन । सोमबार अध्यक्ष जगत प्रजापति, महिला उपाध्यक्ष लिला श्रेष्ठ, सहसचिव(खुला) हेमराज ढकलका विरुद्ध परेका उम्मेद्वारी फिर्ता भएसंगै सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित हुन पुगे ।

    त्यसैगरी  केहि सदस्यहरुका उम्मेद्वारी फिर्ता भएसंगै सदस्यहरु कन्चन किसी,किरण सुवाल, दिनेश कार्की, विकास थापा प्रहर,राजकुमार लामिछाने,राजल छुंका(हरिसुन्दर) रामगोपाल तमखु, रुपक ढुंगाना,संजीवप्रसाद दुलाल, सविना केसी र हरिशरण बास्तोला समेत निर्विरोध निर्वाचित भएका छन् । त्यतिमात्र होइन, भक्तपुर शाखाबाट केन्द्रीय पार्षद र प्रदेश पार्षद पनि निर्विरोध निर्वाचित भएका छन् । केन्द्रीय पार्षदमा गोपाल खनाल, जीवन ढुंगाना, नविना खर्बुजा,पूर्णभक्त दुलाल र पेशल आचार्य आएका छन् भने प्रदेश पार्षदमा जितेंद्रराज शिल्पकार, ध्रुवराम थापा,नारायण थापा, प्रविण लाखे, भेष बहादुर कार्की, मनिराम लामिछाने, मिना घोरासाइने, राममणी बराल, रामकृष्ण शंखदेव, रोशनराज अर्याल,सुरेशकुमार सायजु र संगम लामा निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ । भक्तपुर शाखाको निर्वाचन सम्पन्न गर्न बालकृष्ण श्रेष्ठको संयोजकत्वमा रवीन्द्र प्रधान र वालामुकुंद सुवाल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

    नेपाल पत्रकार महासंघ भक्तपुरको निर्वाचनबाट सबैजना निर्विरोध निर्वाचित भएसंगै यो ऐतिहासिक बन्न पुगेको छ । यसले देशैभर एकताको संदेश दिएको भक्तपुर शाखाका सस्थापक अध्यक्ष रमेश खड्काले बताए । १ सय ९८ सदस्य रहेको भक्तपुर शाखामा संख्यात्मकरुपमा नेपाल प्रेस युनियन बलियो रहेको छ । केन्द्रमा युनियन र संगठनको गठबन्धन भएपनि भक्तपुरमा आफूहरुले सबैलाई समेट्न सफल भएको भन्दै युनियन अध्यक्ष रोशन सिल्पकारले खुशी व्यक्त गरेका छन् । प्रेस संगठन नेपालका भक्तपुर नेता एवं नवनिर्वाचित सचिव संजीप घिमिरेले सबै मिलेर पत्रकार महासंघलाई बलियो बनाउने एजेन्डा सफल भएको प्रतिक्रिया दिए । पत्रकारका मुद्दामा एकढिक्का भएर अघि बढ्न नयाँ कार्यसमितिलाई म्यान्डेट प्राप्त भएको निवर्तमान अध्यक्ष पुस्कर बुढाथोकी बताउछन । त्यसैगरी अग्रज पत्रकार विकल श्रेष्ठले नयाँ कार्यसमितिले भक्तपुरको पत्रकारितालाई नयाँ उचाइ दिने आफूलाई विश्वास लागेको भक्तपुर पोस्टसंग बताए भने रफत संचार क्लबका अध्यक्ष शुशीलबन्धु थापाले निर्विरोध निर्वाचित समितिले पत्रकारको अपेक्षा अनुरुप एकताको भाव दिन सक्नुपर्नेमा जोड दिए ।

    निर्विरोध निर्वाचित कार्यसमितिलाई बधाई दिन नेपाल प्रेस युनियनका नेताहरु बाला अधिकारी, अजयबाबु सिवाकोटी, दामोदर दवाडी लगायतका नेताहरु भक्तपुर आएका थिए भने प्रेस संगठन नेपालका नेताहरु बलराम थापा, एनके दाहाल र नवराज दाहाल लगायतका नेताहरुले पनि निर्विरोध निर्वाचित भएका नयाँ कार्यसमितिलाई भक्तपुरमै आएर बधाई दिएका छन ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...