News Portal

  • वागीश्वरीमा रक्तदान

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २६ चैत
    ८४७ पटक
    भक्तपुर, २६ चैत

    वागीश्वरी कलेजको अयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बुधवार कलेज प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

    विश्व स्वास्थ्य दिवसको अवसरमा स्नातक तह बीएसडब्लू (प्रथम वर्ष- २०७६) ब्याच र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रक्तदान कार्यक्रम गरिएको कलेजले जनाएको छ । कोभिड- १९ का कारण उत्पन्न रगतको अभावलाई थोरै भए पनि पूर्ति गर्नको निम्ति कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

    उक्त कार्यक्रममा १२ जना शिक्षक र ४४ जना विद्यार्थीहरु गरी जम्मा ५८ जनाले रक्तदान गरेका थिए । रक्तदाताहरुलाई वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ तथा कलेजका संयोजक ज्ञानसागर प्रजापतिले प्रमाणपत्र प्रदान गरि सम्मान गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...