News Portal

  • सिपाडोलमा युवकको हत्या, अभियुक्त तत्कालै प्रहरी नियन्त्रणमा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३ बैशाख
    ११५७ पटक
    भक्तपुर, ३ बैशाख

    भक्तपुरको सूर्यविनायक ८ सिपाडोल मुलबाटो स्थित एक गाइ फर्ममा बिहीवार दिनदहाडै हत्याजस्तो जघन्य अपराध भएको छ । कविराज बस्नेतको जग्गामा टहरा बनाई गोकुल बहादुर खुलालले संचालन गरेको गाई फर्ममा एक युवकको हत्या भएको हो ।

    हत्या गरेको आरोपमा प्रहरीले गाइ फर्मका संचालक गोकुल बहादुर खुलालका छोरा २० वर्षीय आषिस खुलाललाई पक्राउ गरेको छ । करिब ४ बजे हत्या गर्ने ब्यक्ति भाग्दै गरेको भन्ने सूचना पाउनासाथ नजिक गस्तीमा रहेको प्रहरी टोलीका साथै महानगरीय प्रहरी बृत्त जगातीका प्रमुख रहेका डिएसपी राजेश थापाको टोलीले घेराबन्दी गरी अभियुक्तलाई तत्कालै नियन्त्रणमा लिइएको एसपी तारादेवी थापाले जनाएकी छन् ।

    महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख रहेकी एसपी तारादेबी थापा समेत घटनास्थलमा पुगी अनुसन्धानमा जुटेकी थिइन् । एसपी थापाका अनुसार मृतक सोलुखुम्बु घर भई मनोहरा सुकुम्बासी बस्तीमा बस्ने अन्दाजी २० वर्षको इश्वर राई भएको खुल्न आएको छ ।

    धारिलो हतियारले घाँटी टाउको लगायतका स्थानमा काटेको अवस्थामा गाइफ़र्मको टिनको टहरा भित्र राईको शव फेला परेको प्रहरीको भनाइ छ । टिनको टहरा भित्र चुकुल लगाएको अवस्थामा चुकुल फुटाई हेर्दा झ्याल खुल्ला रहेको र मृतक राईको शव फेला परेको हो ।

    बिहीवार बिहान अन्दाजी ९ बजे गाइफ़र्म संचालकका छोरा आशिष खुलाललाई फोन गरी सिपाडोल आउने जानकारी दिए पछि राई, महोत्तरी घर भई मनोहरा सुकम्बासी बस्ती तिर बस्ने युनिस योञ्जन र सुनिल बल समेत तीन जना सिपाडोल पुगेका प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी दिपक गिरीले जानकारी दिए । आशिष खुलाललाई भेटी गाई फर्मको टहरा भित्रबाट चुकुल लगाएर चारै जना ब्यक्तिहरु बसी कुराकानीको क्रममा बादबिवाद भई झै-झगडा हुँदा आशिष खुलालले कोठामा भएको खुकुरीले ईश्वर राईलाई प्रहार गर्न थाले पछि युनिस योञ्जन र सुनिल बल झ्यालबाट भाग्न सफल भएको तर राईको भने घटनास्थलमा नै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट बुझिन आएको डिएसपी गिरीले बताए ।

    उनीहरुले टहराभित्र के विषयमा बादबिबाद गरे र हत्या जस्तो जघन्य अपराध हुनपुग्यो भन्ने विषयमा केहि खुलाइएको छैन । घटना स्थलमा रगत लागेको खुकुरी फेला परेको घटना सम्बन्धमा घटनास्थल तथा लाशजाँच प्रकृति मुचुल्का लगायतको कार्य गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...