News Portal

  • पत्रकार महासंघको नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण

    प्रकाशित समाचारबारे छानविन गर्ने संस्था नेपाल प्रहरी नभई प्रेस काउन्सिल

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ५ बैशाख
    ८५१ पटक
    भक्तपुर, ५ बैशाख

    नेपाल पत्रकार महासंघको २६औं महाधिबेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको छ । आइतवार संचारग्रामस्थित महासंघको कार्यालयमा एक विशेष समारोहका बीच पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको हो ।

    समारोहका प्रमुख अतिथिको रुपमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित रहेका थिए । उक्त अवसरमा सभामुख सापकोटाले देश कठिन मोडमा रहेको भन्दै यो बेला पत्रकारहरुको महत्वपूर्ण भूमिका रहनुपर्नेमा जोड दिएका छन् । महासंघले पूर्ण लोकतन्त्रको अभ्यास गरेको भन्दै उनले लोकतन्त्रको रक्षा र यसकालागि भएका हरेक आन्दोलनमा महासंघले प्रमुख भूमिका निर्वाह गर्नुपर्ने बताए । सभामुख सापकोटाले नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई कार्यसफलताको शुभकामना समेत दिए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोख्रेलले नेपाल पत्रकार महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि स्थापित संस्था रहेको भन्दै लोकतन्त्र, प्रेस स्वतन्त्रता नागरिक अधिकार र श्रमजीवी पत्रकारको हकहितका लागि प्रतिवद्ध रहने उद्घोष गरे । उनले नवनिर्वाचित केन्द्रीय सदस्य बबिन शर्मालाई प्रहरीले धरपकड गरेको भन्दै प्रकाशित समाचारबारे छानविन गर्ने संस्था नेपाल प्रहरी नभई प्रेस काउन्सिल रहेको स्पष्ट पारे ।

    निवर्तमान अध्यक्ष गोविन्द आचार्यले नेपाल पत्रकार महासंघको इतिहासमा हरेक कार्यसमितिको भूमिका महत्वपूर्ण रहेको भन्दै आफ्नो कार्यकालबाट महासंघको नेतृत्व चयन प्रत्यक्ष निर्वाचन प्रणालीबाट हुने अभ्यास सुरु गरिएको बताए । उनले महासंघलाई थप समावेशी बनाउने अवसर प्राप्त भएको पनि प्रष्ट पारे ।

    कार्यक्रममा पूर्व सभापतिहरु डा.सुरेश आचार्य, तारानाथ दाहाल, धर्मेन्द्र झा, पूर्व अध्यक्षहरु शिव गाँउले र डा.महेन्द्र विष्टले शुभकामना मन्तव्य राखेका थिए ।

     

    यो पनि

    पत्रकार महासंघमा पोख्रेल नेतृत्वको प्यानल निर्वाचित, भक्तपुरका किलम्बू भए केन्द्रीय सचिव

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...