News Portal

  • बानियाँबाट भक्तपुरका सांसद भडेल मन्त्री बन्ने भविष्यवाणी

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ९ बैशाख
    १६६५ पटक
    भक्तपुर, ९ बैशाख

    रामनवमीको अवसरमा बुधवार आयोजित एक धार्मिक कार्यक्रममा सांसद कृष्णलाल भडेल मन्त्री बन्ने भविष्यवाणी भएको छ । भडेल बागमती प्रदेश सरकारको मन्त्री बन्ने भविष्यवाणी भएको हो ।

    बागमती प्रदेश सभामा नेपाली काँग्रेसका संसदीय दलका नेता इन्द्र बानियाले उक्त भविष्यवाणी गरेका हुन् । चाँगुनारायणको त्रिसुल डांडामा आयोजित क्षमापूजा र नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका नवनिर्वाचित पदाधिकारीलाई सम्मान कार्यक्रममा बोल्दै नेता बानियाले सांसद भडेललाई मन्त्री बनाइने बताए ।

    कर्णाली प्रदेश सरकारको नयाँ समीकरण बारे चर्चा गर्दै नेता बानियाले बागमती प्रदेशमा पनि कर्णालीकै जस्तो समीकरण हुने जिकिर गरे । नयाँ समीकरणसंगै बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री र नयाँ मन्त्रीमंडल निर्माण हुने उनको दावी छ ।

    सोहीक्रममा पूर्व गृह राज्यमन्त्री समेत रहेका नेता बानियाले नयाँ समीकरण संगै बन्ने नयाँ प्रदेश सरकारमा भक्तपुरबाट निर्वाचित सांसद भडेललाई मन्त्री बनाइने उद्घोष गरे । काँग्रेस संसदीय दलका नेता बानियाले भडेललाई मन्त्रालयको नामै तोकेर बन तथा वातावरण मन्त्री बनाइने खुलासा गरे ।

    कम्युनिष्टको झगडाले काँग्रेसको भाग्य चम्किएको टिप्पणी गरेका नेता बानियाले फ्लोर क्रस गर्ने एमालेकै सांसदहरुका कारण काँग्रेसको सरकार बन्ने सम्भावना झन् बलियो बनेको र सांसद भडेल मन्त्री बन्ने पक्का भएको भनेका थिए ।

    नेता बानियाले यसो भनिरहदा सांसद भडेल भने मुस्कुराइरहेका थिए । उनी काँग्रेस संसदीय दलका उपनेता पनि हुन् ।

    उक्त अवसरमा नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका नवनिर्वाचित पदाधिकारीलाई सम्मान समेत गरिएको थियो । नेता बानियाले खादा, गुरु माधव कुइकेलले टिका र योगिनाथ अघोर फलाहारी बाबाले रुद्राक्षको माला पहिर्याई नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे । सम्मानपछि बोल्दै अध्यक्ष जगत कृष्ण प्रजापती र उपत्यका प्रदेशका समावेशी सचिव अमर भुजुले सम्मानका लागि आभार प्रकट गर्दै सम्मानले सत्यतथ्य समाचार सस्प्रेशण गर्न थप हौसला प्राप्त भएको प्रतिक्रिया दिएका थिए ।

    श्रीकृष्ण खड्काको सभापतित्व र यादव अधिकारीले संचालन गरेको कार्यक्रममा सांसदहरु कृष्णलाल भडेल, रजनी जोन्छे, नेपाली काँग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेत, राप्रपाका नेता रवीन्द्रप्रताप शाह, माधव खत्री र वडाध्यक्ष जयन्द्र खड्का लगायतको उपस्थिति रहेको थियो । उक्त अवसरमा महाकाल त्रिशुल डाँँडा उपभोक्ता बिकास संस्थामा सांसद कृष्णलाल भडेलको नेतृत्वमा रामभक्त केसी, यवती कार्की, जीवन खत्री लगयतका पदाधिकारी रहने गरि एक कार्यसमिति समेत चयन गरिएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...