News Portal

  • इपास दिने भन्ने जिप्रका भक्तपुरमा सेवाग्राहीको अत्यासलाग्दो भिड

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ बैशाख २०७८
    १३०६ पटक
    भक्तपुर, १६ बैशाख २०७८

    कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञामा जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिबाह गर्नुपर्दा स्वीकृती लिएर बढीमा पन्ध्रजना उपस्थित हुन पाउने व्यवस्था मिलाएको छ । तर, बिबाहको स्वीकृती र सवारी पास लिनका लागि भने कार्यालयमा मानिसहरुको भिड नै जम्मा गरिएको दृश्य देख्न सकिन्छ ।

    यतिबेला बिबाहको लगन भएकाले बिबाह गर्ने ठाउँ र सवारीको पासका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरमा अत्यासलाग्दो भिड जम्मा भएको छ । पास जारी गर्ने शाखामा जम्मा भएको भिडले जिप्रकाले नै जारी गरेको निषेधाज्ञालाई गिज्याइरहेको छ ।

    बिबाहको ठाउँ र सवारी पासका लागि सेवाग्राहीलाई झन्झटिलो व्यवस्था गरिएको छ । निवेदन बोकेर सम्बन्धित हाकिमको तोक लगाएपछि पनि तुरुन्तै स्वीकृती पाइने अवस्था छैन । यसका लागि ठुलै युद्ध जिते झैँ पास शाखामा सेवाग्राहीले तछाडमछाड गरिरहेको दृश उदेकलाग्दो छ ।

    अवस्था यस्तो अत्यासलाग्दो छ कि १७ गते तय भएको आफ्नो छोरीको बिबाहको स्वीकृति लिन स्वयम् सिडिओ प्रेमप्रसाद भट्टराईको तोक बोकेर पास शाखामा पुगेमा पत्रकार राजेशमान मानन्धरले समेत भिडको सामना गर्न नसकेपछि बिबाहको मिति नै सारिदिए ।

    पास शाखामा विजय धौभडेल, सदिप बस्नेत र दुई जना कार्यालय सहयोगी खटेका छन् । तर, उनीहरु भिड नियन्त्रण प्रति जवाफदेयी देखिदैनन । पास लिन आउनेहरुलाई सामाजिक दुरी कायम गराई पालैपालो पास दिएर पठाउनुको साटो उनीहरु भिडमा रमाईरहेका छन् ।

    जिल्ला प्रशासन कार्यालयको पास शाखाको काम गराईबाट कोभिड संक्रमण जोखिम त् बढाएकै छ, अर्कोतर्फ संक्रम नियन्त्रण गर्न निषेधाज्ञा जारी गर्ने जिप्रकाकै काम गराइमाथि प्रश्न खडा भएको छ ।

    जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरी अनलाइनबाट नै पासको लागि आवेदन दिन सकिने जिकिर गर्छन ।तर, अनलाइनबाट आवेदन दिएपनि स्वीकृत भएपछि व्यक्ति स्वयम् लाई जिप्रकाले अनिवार्य उपस्थित हुनुपर्ने उदेकलाद्दो व्यवस्था गरेको छ ।

    यस अघि अनलाइनबाट आवेदन र अनलाइनबाटै पासको व्यवस्था गरिएकोमा यो पटक भने भौतिक उपस्थितिलाई बाध्यात्मक बनाइएको छ । जिप्रका भक्तपुरका कर्मचारी समेत रहेका नेपाल राष्ट्रिय कर्मचारी संगठन(निजामती) भक्तपुरका पूर्व अध्यक्ष कुबेरप्रसाद दाहालले सामाजिक संजालमै यसबारे प्रश्न गरेका छन् । पहिले मोबाइलमै पास दिने तर, अहिले जिप्रकामा बोलाउने नीतिप्रति उनले प्रश्न उठाएका हुन् ।

    बिबाहको ठाउँ र जन्तीजाने सवारी पासको हकमा स्थानीय प्रहरी प्रभागबाटै पनि पास दिने व्यवस्था गरी जिप्रकामा रेकर्ड राख्न सकिने सेवाग्राहीको सुझाव छ । भिड रोक्न कामलाई विकेन्द्रित गर्नुपर्नेमा जिप्रकाले झन् केन्द्रिकृत गरेको उनीहरुले आरोप लगाएका छन् । डिजिटल जमानामा भौतिक उपस्थिति खोज्नुले जिप्रकाको काम गराई पुरानै ढर्राको रहेको भन्दै उनीहरुले भक्तपुर पोस्टसंग गुनासो गरे ।

    http://पासको आवेदन दिन यस लिंकमा जानुहोस्

    समाचार प्रभाव : भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराईले बिबाह प्रयोजनका लागि ब्यानर राखेर २ वटा सम्म सवारी प्रयोग गरी बढीमा पन्ध्रजना जिल्ला भित्र वा बाहिर जानआउन पाइने र त्यसको लागि पास लिनु नपर्ने आदेश जारी गरेका छन् ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...