News Portal

  • पूर्वसभामुख ढुंगानालाई कोरोना भाइरस संक्रमण पुष्टि

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ बैशाख २०७८
    ६७३ पटक
    भक्तपुर, १६ बैशाख २०७८

    गत निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार रहेका पूर्वसभामुख दमननाथ ढुंगानालाई कोरोना भाइरस संक्रमण(कोभिड १९) पुष्टि भएको छ ।

    ढुंगानाले आफू कोरोना भाइरसबाट संक्रमित भएको जानकारी सामाजिक सञ्जालमार्फत् दिँदै सावधानी अपनाउँदा अपनाउँदै संक्रमणको शिकार बनेको उल्लेख गरेका छन् ।

    “सावधानी अपनाउन सतर्क रहँदा रहँदै कोभिड–१९ को नयाँ लहरले मलाई पनि गाँज्यो,” उनले ट्विटरमा लेखेका छन्,“उस्तो अप्ठ्यारो त भएको छैन, आफ्नो ख्याल गरिरहेको छु।”

    उनले महामारी नियन्त्रणका लागि सरकारले के काम गर्दैछ भनी प्रश्नसमेत गरेका छन् ।

    “समुदायस्तरमा फैलिसकेको यो महामारी नियन्त्रणका उपाय सरकारले गर्दै छ त ?” उनले प्रश्न गरेका छन ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा उप प्रधानमन्त्रीलाई तानातान

    भक्तपुरको चाँगुनारायणमा बिहीवार उप प्रधानमन्त्रीद्वय विष्णु पौडेल र प्रकाशमान सिंह देखिए । स्मार्ट सिटी कार्यान्वयन...

    शहीद पत्नी एवं भक्तपुर कांग्रेसकी नेतृ झाको निधन

    शहीद पत्नी एवं नेपाल महिला संघ भक्तपुरकी पूर्व अध्यक्ष शारदा झाको निधन भएको छ ।...

    एसईई दिने विद्यार्थीलाई नेसनल प्याव्सन भक्तपुरको अभिमुखीकरण

    नेसनल प्याव्सन भक्तपुरले शैक्षिक वर्ष २०८१ को एसईईमा सम्मिलित हुने आफ्ना विद्यार्थीलाई अभिमुखीकरण गरेको छ...

    पत्रकार प्रजापतिको उपचारमा पत्रकार महासंघको २९ हजार सहयोग

    भक्तपुर । मुटु रोगको उपचार गरिरहेका पत्रकार प्रेम प्रजापतिलाई नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आर्थिक...

    नगरपालिकाको नमूना काम, किसान दङ्ग

    झापा । झापाको बिर्तामोड नगरपालिकाले नेपालकै नमूनाको रुपमा तरकारीको न्यूनतम समर्थन मूल्य कायम गरी किसानलाई...