News Portal

  • संक्रमितलाई अस्पताल लानल्याउन र उनीहरुको फोहोर संकलनमा छुट्टै व्यवस्था

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ बैशाख २०७८
    ११८७ पटक
    bhaktapur municipalityभक्तपुर, २३ बैशाख २०७८

    भक्तपुर नगरपालिकाले होम आइसोलेसनमा रहेका कोरोना भाइरस संक्रमितलाई अस्पताल लानल्याउन र उनीहरुको फोहोर संकलनमा छुट्टै व्यवस्था गरेको छ ।

    होम आइसोलेसनमा रहेकालाई अस्पताल लानल्याउन छुट्टै एम्बुलेन्सको व्यवस्था गरिएको र उनीहरुको फोहोर संकलनमा छुट्टै गाडीको व्यवस्था मिलाइएको वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले जानकारी दिए । संक्रमितहरुले थाहा नदिई ट्याक्सी प्रायोग गर्दा र जथाभावी फोहोर फ्याक्दा समुदायमा संक्रमण फैलने तर्फ सचेत बन्न समेत उनले आग्रह गरेका छन् ।

    वडाध्यक्ष ज्याख्वका अनुसार संक्रमित ओसार्न मोबाइल नम्बर ९८५१३२०३२१ मा फोन गरी एम्बुलेन्स सेवा लिन सकिन्छ भने संक्रमितको फोहोर उठाउन भक्तपुर नगरपालिकाको ६६१०३३० नम्बरमा टेलिफोन गरी सेवा प्राप्त गर्न सकिन्छ । उनले नगरवासीको सेवाको लागि जनप्रतिनिधिहरुको टेलिफोन सदैव खुला रहेको समेत जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...

    सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...

    चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति

    नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...

    नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ

    नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...

    समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्

    नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...